१ सय ग्राम पालुंगोको साथमा २६ किलो क्यालरी उर्जा पाइन्छ । पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, पाइन्छ । त्यस्तै जम्मा ०.७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ । पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ । त्यसैले पालुंगोलाई जिउको संरक्षक खाद्य पदार्थ समेत भनिन्छ ।
पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मृगौलामा परेको पत्थरी हटाउन सहयोग पुग्छ । पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ । नियमित रुपमा पालुंगोको साग खानाले कारण स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ ।
जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ । रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ । थाइराइडको समस्या भएका हरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ । एजेन्सीको सहयोगमा
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!