आठ वर्षका बालकका १६ किलोका हात !!! - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » आठ वर्षका बालकका १६ किलोका हात !!!

आठ वर्षका बालकका १६ किलोका हात !!!

८ वर्षका मोहम्मद कलिम स्कुल जाँदैनन् । आफुलाई देख्दा साथीहरु डराए भन्ने सुनेका कारण मात्र हैन उनलाई स्कुलमा सबैले जिस्काउन र गिज्याउन थालेपनि पछि उनी स्कुल जानै छाडे । कतिपयले उनलाई स्कुलमै पिट्ने समेत गरे र शिक्षकले पनि दुव्र्यवहार गरे ।उनलाई देखेर केटाकेटीहरु मात्र होइन उनी आफै पनि डराउने अवस्था छ । उनका हात यति भयंकर छन् की त्यो देख्दा जो कोहीको पनि जिउ सिरिंग हुन्छ ।
 जन्मिँदै सामान्य बच्चाका भन्दा दोब्बर ठूलो साइजका हात सहित जन्मिएका यी भारतीय बच्चाका हात अहिले ८-८ किलोका छन् । हत्केलाको फेँदी देखि माथि औँलाको टुप्पासम्मको लम्बाइ १३ इन्च छ ।हात निकै अजंगका हुँदा उनलाई खाने कुरा खान पनि संघर्ष गर्नुपर्छ । नुहाउने, दिसा पिसाब गर्ने कामका लागि समेत उनलाई निकै सकस पर्ने गरेको छ ।

उनका बाउ समिम ४५ वर्षका भए र दिल्लीमै मजदुरी गर्छन् । उनको कमाइले परिवारको छाक टार्नैै मुस्किल हुन्छ । त्यसैले उनकी श्रीमती २७ वर्षकी हलीमाले मागेरै भएपनि केही पैसा र खाना जुटाउने गरेकी छिन् । गरिबीले गुजि्रएका समिम र हलीमाले पैसाकै अभावले छोराकेा उपचार गराउन नसकेको बताउँछन् ।

मोहम्मल कलिमलाई आफ्नो ठूलो हातका कारण निकै कठिनाई भैरहेको छ । तर डाक्टरले आफ्नो हातको उपचार गर्दा सुइ लगाउने र बेहोस पार्ने गरेमा आफुलाई मान्य नहुने उनी बताउँछन् । डाक्टरले आफुलाई सुइ लगाइदिएर बेहोस पारेपछि आफ्नो हातलाई जथाभावी काटिदिने भएकाले आफुलाई त्यस्तो अपरेसन मन नपर्ने उनी बताउँछन् ।

उनीहरुले कलिमलाई स्थानीय अस्पतालमा लगेका थिए । तर डाक्टरहरुले रोग पत्ता लगाउन सकेनन् । डाक्टर हरुका अनुसार उनलाई लिम्फान्जिओमा वा हामार्टोमा भन्ने रोग हुनसक्छ । यी दुबै रोगको उपचार सम्भव छ । तर उपचारका लागि छोरालाई दिल्लीको सुविधासम्पन्न अस्पताल गर्ने हैसियत बाउआमामा छैन । <




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template