Home »
स्वास्थ्य
» पाइल्स के हो ? कसरि लाग्छ ? र यसबाट कसरि छुटकारा पाउने ?
पाइल्स के हो ? कसरि लाग्छ ? र यसबाट कसरि छुटकारा पाउने ?
तपाईं–हामीले बारम्बार सुनेको अनि कतिले त भोगेको समस्या हो, पाइल्स । पाइल्स, जसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड’ भनिन्छ । मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको अवस्थालाई ‘हेमोरोइड’ भनिन्छ । साधारणतया ती रक्तनशाहरुले दिशा गर्ने प्रक्रियालाई सघाउ पु¥याइरहेका हुन्छन् । करिब एक करोड अमेरिकीहरु हेमोरोइटबाट पीडित छन् । कारणहरु हेमोरोइड विभिन्न कारणबाट हुने गरेको पाइन्छ । प्रायशःनियमित दिसा गर्ने प्रक्रियामा बाधा भएमा जस्तोः कहिले कब्जियत त कहिले पखाला लाग्ने अवस्था, खानपिनमा रेसादार खानाको कमी, बढी मात्रामा रक्सी, मासु, चुरोटको सेवनआदि बिभिन्न कारणबाट पेटको चाप बढ्ने अवस्था, बुढ्यौली, बलपूर्वक मल त्याग गर्ने बानी, गर्भवती तथा वंशाणुगत कारणहरु मुख्य भेटिन्छन् । लामो समयसम्म उभिरहनुपर्ने पेशा भएका व्यक्तिहरुमा हेमोरोइडको अवस्था अलि बढी देखिएको छ । कहिलेकाहीँ रेल्प्मको क्यान्सर पनि हेमोरोइडको लागि जिम्मेवार मानिन्छ । प्रकारहरु १. कारणहरु थाहा नभएका हेमोरोइड । २. अरु कारणका असरको रुपमा देखा पर्ने हेमोरोइड । ३. हेमोरोइड देखिने ठाउँका आधारमा– क. बाहिरी हेमोरोइड ख. भित्री हेमोरोइड लक्षण÷चिह्नहरु –दिसा गर्दा रगत आउने विभिन्न कारणमध्ये हेमोरोइड पनि एक हो तर यसको विशेषता भनेको दिसा गरिसकेपछि मात्र रगत आउँछ भने दुखाइको अनुभव हुँदैन । दिसा गर्ने भाग चिलाउने गर्दछ । – भित्री हेमोरोइडलाई हामीले ४ वटा अवस्थामा वर्णन गर्न सक्दछौं । पहिलो अवस्थामा रक्तनशाहरु (गाँठो बाहिर आउँदैन । दोस्रो अवस्थामा गाँठो निस्कन्छ, जुन फेरि आफै भित्र जान्छ । तेस्रो अवस्थामा गाँठा निस्कन्छ, जसलाई हातले ठेलेर भित्र छिराउनुपर्दछ । चौथो अवस्था केहि जटिल अवस्था हो । यसमा निस्किएको गाँठोलाई हातले ठेलेर पनि भित्र छिराउन सकिँदैन । बाहिरी हेमोरोइडमा प्रायजसो: चिलाइ र दुखाइ बढी महसुस हुन्छ, गाँठो पनि हुन सक्छ । भित्री हेमोरोइडमा दुखाइरहित रगत आउने गर्दछ । उपचार पद्धति हामी जानेकै कुरा हो, रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपायहरु अपनाउनु बुद्धिमानी हो । हेमोरोइडकोहकमा यो अझ बढी लागू हुन्छ । त्यसैले, हेमोरोइडबाट जोगिन दिसालाई नरम बनाउने उपायहरु अवलम्बन गर्नैपर्छ । जसमा सागसब्जी र पानीको प्रशस्त सेवन गर्नुपर्छ भने माछामासु र रक्सीको सेवन बन्द गर्नुपर्छ । हामी धेरैको दिसा रोकेर राख्नेलबानी हुन्छ । यस्तो कदापि गर्नु हुँदैन । त्यसर्थ, आजबाट यो बानीलाई त्यागिदिनुपर्छ । दुखाइ कम गर्ने आराम, औषधि सेवन, सफासुग्घर तथा सिजबाथ उपयुक्त देखिन्छ तर प्रायशः अन्तिम विकल्प शल्यक्रिया नै हुने गर्दछ । पुनश्चः गर्भावस्थामा देखिएका हेमोरोइडहरु बच्चा पाएपछि आफै ठीक हुने गर्छ । अन्य उपचार पद्धतिहरुमा स्केलेरोथेरापी र रबर ब्याण्ड लाइगेसन फोटोको गुलेसन आदि पर्दछन् । जटिलताहरु रक्तअल्पता हेमोरोइडमा दिसा गरिसकेपछि पनि रगत जाने प्रणाली लामो समयसम्म कायम रहेमा रगतको कमी भई रक्तअल्पता हुने सम्भावना रहन्छ । त्यसैले, शंका लागेमा रगतमा रहेको हेमोग्लोबिनको परीक्षण गराई रक्तअल्पता भए वा नभएको यकिन गरी खाना तथा उपचारतर्फ लाग्नु जरुरी छ । कीटाणु संक्रमणः कीटाणुको संक्रमणका कारण घाउ हुन सक्छ । यस्तो अवस्थामा प्रतिजैविक (एण्टीबायोटिक) औषधिहरुको सेवन गर्नुपर्ने हुन सक्छ । रेडियो स्वास्थ्य कार्यक्रममा विगत दुई वर्षमा धेरै स्रोताहरुले एउटै प्रश्न वा जिज्ञासा राखेका छन्, त्यो हो–शल्यक्रिया गरिसकेपछि पनि किन पाइल्स बिस्तार भयो ? यसको कारण के हो भने शल्यक्रिया गर्दा सबै रक्तनशालाई मात्र शल्यक्रिया गरिन्छ । बिरामीले माथि भनिएका सावधानी व्यायाम, खानापान र व्यवहार परिवर्तन नगर्ने हो भने पाइल्स पुनः देखा पर्न सक्छ तर त्यही ठाउँमा हुने सम्भावना भने रहन्न । सिज बाथ सिज बाथ पाइल्सको उपचार पद्धतिमा प्रारम्भिक र उपयोगी उपचार प्रक्रिया हो । यसमा एउटा बाटामा मनतातो पानी राखेर त्यसमा केही मिनेटसम्म बस्नुपर्दछ । सिज बाथले हेमोरोइडलाई छिटो निको पार्न मद्दत गर्दछ । मनतातो पानीले रक्त सञ्चालन प्रक्रियालाई सामान्य बनाएर सुन्निएको अवस्था, दुखाइ र चिलाउनु बन्द हुँदै जान्छ । यसले रोगलाई चाडो निको पार्दछ । भित्री हेमोरोइडभन्दा बाहिरी हेमोरोइडको लागि सिज बाथ बढी उपयुक्त देखिन्छ । प्रत्येक दिन गर्नु राम्रो मानिन्छ । सिज बाथ सकेपछि सफा र सुकिलो तौलियाले पुछेर सुख्खा बनाउनुपर्दछ । सारांश हेमोरोइडको समस्या हाम्रो समाजमा बढ्दो क्रममा छ । हाम्रो परिवर्तित जीवनशैली यसको एक कारण हो । हिजोआज हामी पश्चिमी रेष्टुरेन्ट शैलीको खानपानतफ लागेका छौं । मासुको सेवन बढाउँदै साथमा अल्कोहल र चुरोट त अभिन्न अङ्ग बन्दैछन् । त्यसर्थ, अब माथिका सबै कुरा बुझेर हेमोरोइडबाट तपाईं–हामी सबै बाँच्ने र बँचाउनेतफ लाग्नु जरुरी भइसकेको
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
good..
ReplyDelete