कान्तिपुरका जोडीले जोशमा होस गुमाउँदा . - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » कान्तिपुरका जोडीले जोशमा होस गुमाउँदा .

कान्तिपुरका जोडीले जोशमा होस गुमाउँदा .

काठमाडौं, साउन २६– जवानीमा हल्काफुल्का जोश हुनु सामान्य हो । तर, सेलिब्रेटी भइसकेपछि जवानीलाई ठीक ठाउँमा विसाउन पनि जान्नुपर्छ । उम्लिउको जवानी ठीक ठाउँमा विसाउन नसक्दा कान्तिपुर टेलिभिजनका दुई चर्चित मनोरन्जन कार्यक्रम प्रस्तोता जोडी प्रहरी फन्दामा मात्र परेनन्, उनीहरुले त्यही लाजले जागिर नै छाड्नुपरेको छ । अचेल कान्तिपुर टेलिभिजनमा ‘जोशमा होस गुमाउँदाको कहानी’ हिन्दी फिल्मको कहानी घरघरकी जस्तै चर्चित बनेको छ । कान्तिपुर टिभीको कल कान्तिपुर लगायत मनोरन्जनात्मक कार्यक्रम प्रस्तोता सुरज गिरी र सहना बजा्रचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी विसाइरहेका बेला प्रहरीको पेट्रोलिङ टोलीको फन्दामा परे । घटना राति ३ बजेतिरको थियो । सुरजको निजी गाडीमा उनीहरु आपसमा जोडिएको अवस्थामा भेटिएका थिए । सडकमा गाडी हल्लिएपछि प्रहरी उनीहरु भएतिर गएको स्रोतले जनाएको छ । प्रहरीले गाडीभित्र उनीहरुलाई लगभग नग्न अवस्थामा भेटेपछि उनीहरुले आफ्नो परिचय दिएका थिए । ‘कान्तिपुरका पत्रकार हौं’ भनेपछि प्रहरीले पक्राउ नगरी छाडिदियो । बरु उनीहरु कान्तिपुरका पत्रकार हुन् कि होइनन् भनेर प्रहरी अधिकृतले कान्तिपुर समाचार प्रमुख तिर्थ कोइराला र भूषण दाहाललाई फोन गरेको प्रहरी स्रोतले जनाएको छ। तर, मूडि स्वभावका कोइरालाले उनीहरु कान्तिपुरका पत्रकार नभएको र समाचार शाखामा ती नामका पत्रकार नभएको जवाफ दिएको चितवनका एसपी प्रद्युम्न कार्की निकट प्रहरी स्रोतले जनाएको छ । आजको साँघु साप्ताहिक पत्रिकामा खबर छापिएको छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template