हातमै ओइलियो एक थुंगा फूल - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » हातमै ओइलियो एक थुंगा फूल

हातमै ओइलियो एक थुंगा फूल

काठमाडौ । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको सुनेपछि विह्वल भएका धेरै कलाकारले एक थुंगा फूल चढाएर अन्तिम दर्शन गर्ने चाहना राखेका थिए । तर, सोमबार दिनभरि प्रयास गर्दा पनि उनीहरुले फूल चढाउन सकेनन् । हातमा बोकेको फूलको थुँगा हातैमा ओइलायो । शुभेच्छुकहरुकोे अत्यधिक भीड भएका कारण हातमा लिएको फूल हातमै ओइलायो, अन्तिमपटक श्रीकृष्णको अनुहार हेर्ने धेरैको धोको पूरा भएन । काठमाडौमा दुई बजे श्रीकृष्णको शब आईपुग्ने हल्ला चलेसंगै धेरै कलाकार प्रज्ञा प्रतिष्ठानमा बिहानैदेखि जम्मा भएका थिए । पुराना रंगकर्मी प्रचण्ड मल्लदेखि अभिनेता राजेश हमालसम्म प्रज्ञा प्रतिष्ठानमै उभिए, हातमा फूल लिएर । तीनचार घण्टा अघिदेखि हातमा बुके लिएर बसेर राजेश हमाल, प्रीयंका कार्की, टीका पहाडी, भुवन चन्द, निशा अधिकारी, शम्भुजीत बास्कोटालागयतका चलचित्रकर्मीहरु टाढैबाट हात हल्लाउँदै बिदाइ गर्न बाध्य भए ।shree-krishna-bidai-3 पहिलो निर्धारित कार्यक्रमअनुसार श्रीकृष्णको शवलाई तीनघण्टा प्रज्ञा प्रतिष्ठानमै राख्ने र त्यहीँ कलाकारहरुद्वारा अन्तिम श्रद्धान्जली दिने कार्यक्रम थियो । तर, उनका प्रसंशकहरुको थामिनसक्नु भीडका कारण शवलाई प्रज्ञा प्रतिष्ठानमा राख्न सम्भवै भएन । ‘एक थुंगा फूल चढाउने सपना पूरा नभएकोमा दुःखी छु, तर, नेपाली दर्शकले उहाँप्रति जुन सद्भाव व्यक्त गरे त्यही हेरेर चित्त बुझाएँ ।’ नायिका निशा अधिकारीले भनिन् । करिष्मा मानन्धर, नीर शाह, रमेश बुढाथोकी, चैत्यदेवी, रुपा राना, अरुणिमा लम्साल, शिवहरि पौड्याल, दयाहाङ राई, मदनदास श्रेष्ठ, नम्रता श्रेष्ठ, सौगात मल्ललगायत अरु धेरै कलाकारको धोको थियो-अन्तिमपटक श्रीकृष्णको अनुहार हेर्ने र एक थुंगा फूल चढाउने । समाजसेवी अनुराधा कोइराला, राजनीतिज्ञ पशुपतिशमसेर जबरा, कृष्णबहादुर महरा, हिसिला यमी, अग्नि सापकोटालगायतले पनि दर्शकको भीडकै कारण फूल चढाउने सपना थाँती राख्दै बाहिरिए । उनीहरूमध्ये केही भने पशुपति आर्यघाटसम्म पुगेर प्रिय नायक श्रीकृष्ण श्रेष्ठप्रति अन्ति श्रद्धान्जली दिएका छन् । राति निकै काटिसक्दा समेत आर्यघाटमा उनलाई श्रद्धान्जली दिनेको ठूलो उपस्थिति थियो ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template