खाने हो दुनियाकै महंगो खानेकुरा ? - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » खाने हो दुनियाकै महंगो खानेकुरा ?

खाने हो दुनियाकै महंगो खानेकुरा ?

खाने हो दुनियाकै महंगो खानेकुरा ?

२०७१ साउन २६ गते १७:२७ मा प्रकाशित
 834  10 
  0
मानिस बाँच्नका लागि खानु आवश्यक छ । तर कसैकसैलाई होच्याएर भन्ने गरिन्छ, यो खानका लागि बाँचेको छ । वास्तवमा दुनियामा केही चिज यस्ता छन् जो जसतसले खाने हैसियत राख्दैन । अर्थात् यस्ता चिज खान पाइयो भने सायद बाँच्नुको मज्जा हुन्छ होला ।
त्यसैले केही शौखिन मानिसहरुले विशेष खाने कुराका लागि आफ्नो जिवनभरको कमाइ स्वाहा पार्न पछि पर्दैनन् । यस्ता शौखिनकै लागि लक्षित गरि विश्वमा केही त्यस्ता बहुमूल्य परिकार समेत तयार पारिएका छन् जसलाई एक छाककै करोडौँ रुपैयाँ पर्छ ।
१. गोल्डेन क्यानोली- यो बहुमुल्य परम्परागत इटालियन परिकार अमेरिकाको कन्सास स्थित ज्यासपर्स रेष्टुरेन्टबाट किन्न सकिन्छ । यो परिकारसँगै एक बोतल च्याम्पेन्ज वाइन र एउटा हिराको हार पनि पाइन्छ । यसको मूल्य २६ हजार अमेरिकी डलर छ ।
golden cannoli
२. ह्याम्बर्गर प्याटी- मूल्य ३ लाख ३२ हजार अमेरिकी डलर । यो परिकार यति धेरै मूल्यवान हुनुको मुख्य कारण यसलाई प्रयोगशालामा स्टेम कोशिकाबाट तयार पारिएको हो । नेदरल्याण्डको म्यास्टिक्ट विश्वविद्यालयका प्राध्यापक मार्क पोष्टले प्रयोगशालामा ह्याम्बर्गर प्याट्टी तयार पारेका हुन् ।
hamburger patty
३. रेमन नुडल्स- मूल्य १ सय १० डलर । टोकियोको फुजिमाकी गेकियो रेष्टुरेन्टमा यो चाउचाउको स्वाद लिन पाइन्छ । यसमा विभिन्न २० खालका मसला र अन्य चिज मिसाइएको छ ।
noodles
४. पानी – विश्वको सबैभन्दा महंगो पानीको बोतल । मूल्य ६० हजार अमेरिकी डलर । मेक्सिकोका फर्नाण्डो अल्टिमिरानोले तयार पारेको यो बहुमूल्य पानीमा फिजीको टापुस्थित झरनाको पानीका साथै आइसल्याण्डको हिमनदीको पानी मिसाएर त्यसमा पाँच मिलिग्राम सुनको भस्म समेत मिलाइएको छ । यसलाई २४ क्यारोट सुनको बोतलमा राखिएको छ ।
Altamarino
५. लुवाक कफी- यो कफी जनावरको दिसाबाट तयार पारिएको हो । इण्डोनेसियामा पाइने लुवाक नामको जनावरको मलबाट यो कफी निकालिन्छ । यो कफीलाई एक कपको ३० डलर पर्छ ।
coffee





Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template