अर्चनाको जोवन विक्रीमा, कोही छ किन्ने ? - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » अर्चनाको जोवन विक्रीमा, कोही छ किन्ने ?

अर्चनाको जोवन विक्रीमा, कोही छ किन्ने ?

आइटम गीतमा निक्कै नै छोटो समयमा चर्चामा आएकी कलाकार अर्चना डेलालाले फेरि एकपटक सिने बजारमा आगो बाल्ने तयारी गरेकी छिन् । चलचित्र ‘आवेग’की नायिका समेत रहेकी अर्चनाको हट जवानीलाई विक्रीमा राख्दै यसको छायांकन सुरु गरिएको हो । बिहिबार काठमाण्डौको बनस्थलीस्थित बालाजु ल्याबमा महंगो सेट लगाएर यसको निर्माणपक्षले आइटम गीतको छायांकन गरेको हो । कविराज गहतराज आइटम गीतमा नृत्य सिकाउँदै थिए भने पुरुषोत्तम प्रधानले आकर्षक दृश्यलाई क्यामेरामा कैद गरिरहेका थिए । यो महंगो सेटका लागि निर्माणपक्षले करिब १० लाख खर्च गरेको छ । निर्माता समेत रहेका गीतकार सूर्य कार्कीले यसअघि ‘मेरो जीवन साथी’मा पनि महंगो सेट लगाएका थिए । ‘विक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि’ बोलको गीतमा ‘मुन्नी बदनाम हुई’ बोलको गीत गाएर चर्चामा आएकी ममता शर्माले आवाज दिएकी छिन् । गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । आर्यन सिग्देल, धुव्र दत्त, पवित्रा आचार्य, रमेश वुढाथोकीको समेत अभिनय रहने सिनेमालाई एक्सनमा पनि भरिपूर्ण बनाउने योजना निर्देशक वसन्त निरौलाले सुनाए । यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्ने सिनेमामा धन सिंह केसी र राजेन्द्र घिमिरेको पनि लगानी छ । चलचित्रमा अष्ट महर्जनको एक्सन छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template