रानी भन्छिन्- बलिउडका रेकर्ड तोड्न सलमानको नामै काफी - - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » रानी भन्छिन्- बलिउडका रेकर्ड तोड्न सलमानको नामै काफी -

रानी भन्छिन्- बलिउडका रेकर्ड तोड्न सलमानको नामै काफी -

रानी मुखर्जी अचेल आफ्नो फिल्म ‘मर्दानी’ को प्रमोशनका लागि दिनरात ब्यस्त छिन् । मर्दानीलाई लिएर दर्शकहरुमा समेत धेरै उत्सुकता जगाएको छ । फिल्ममा रानी मुखर्जीले निभाएको शिवानी शिवाजी राय भूमिकाबाट पनि खासगरी महिलाहरु प्रभावित भइरहेका छन् । तर, रानी मुखर्जीले आफू नामैले फिल्म चल्ने अन्य कलाकार जस्ती नभएको बताउँदै आफूले खेलेकै कारण बक्स अफिसमा फिल्म चल्न नसक्ने बताइन् । रानीले बलिउडमा नामकै कारण फिल्म चल्ने एकमात्र व्यक्ति सलमान खान भएको बताउँदै उनका फिल्म नामैले पनि बिक्ने गरेको उल्लेख गरिन् । रानी मुखर्जीको कुरालाई पुष्टि गर्ने आधार सलमान खानका फिल्म हुन् । यदि सलमान खानका फिल्ममा विषयवस्तु र कथा नभए पनि ती फिल्मले बक्स अफिसमा कमाई त गर्छन् तर विषयबस्तु र कथा राम्रो भएका फिल्म जति भने होइन । रानी मुखर्जीले एक फिल्मी अनलाइनसँग कुरा गर्दै सलमानबारे यसो भनिन्, ‘मेरो विचारमा बलिउडमा सलमान खान यस्ता कलाकार हुन्, जसका फिल्म उनको नामकै कारण बिक्छन् ।’ कथा र विषयबस्तु राम्रो भएमा सलमानका फिल्मले बलिउडका रेकर्ड ब्रेक नै गर्ने रानीको तर्क छ । ‘फिल्मको विषयबस्तु राम्रो हुने हो भने सलमानका फिल्म बलिउडका सबै रेकर्ड ब्रेक गर्न सक्षम हुन्छन्’, रानीले भनिन्, ‘विषयबस्तु गतिलो नभएपनि सलमानका फिल्म बलिउडका अन्य कलकारका भन्दा अब्बल ठहरिन्छन् ।’ विषयबस्तु र कथा राम्रा भएका फिल्म खेलेकै अहिलेसम्म आफूले लाखौं फ्यानको साथ पाएको बताउँदै त्यही कारण आफू बलिउडमा टिकिरहन सफल भएको रानीको भनाई छ । ‘ कहीँ न कहीँ कथा र विषयबस्तु राम्रो भएका फिल्म खेलेकैले मलाई फ्यानले माया गरिरहेका छन्’, रानीले भनिन्,’कथा र विषयबस्तु राम्रो नभएका मेरा कतिपय फिल्म सोही कारणले बलिउडमा असफल भए, दम नभएकैले फ्लप भए ।’ प्रमोशनका क्रममा रहेको मर्दानीमा आफ्नो भूमिका फरक र सशक्त रहेकैले सो फिल्म खेल्न तयार भएको रानीको भनाई छ । मर्दानीको कथा पनि दमदार रहेकाले आफू खेल्न तयार भएको रानीले बताइन् । ‘मर्दानीको कथाबस्तुले हर एक महिला, युवतीलाई मात्र नभई पुरुषलाई पनि प्रभावित गर्न सक्छ’ रानीले भनिन्, ‘किन कि यो फिल्ममा ती घटना प्रस्तुत गरिएको छ, जुन घटना आम मानिसको दैनिक जीवनमा भइरहेका हुन्छन् -




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template