२ सय जना विरामीलाई अस्पतालले जिउँदै मारेपछि - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » २ सय जना विरामीलाई अस्पतालले जिउँदै मारेपछि

२ सय जना विरामीलाई अस्पतालले जिउँदै मारेपछि

उपचारको क्रममा मरेको मानिसलाई मृत घोषित गर्दा त हामीकहाँ डाक्टरको लापरवाहीले विरामी मरेको भनि आन्दोलन हुन्छ । अझ जिउँदा मानिसलाई मरेको भनि अस्पतालले घोषणा गर्यो भने के होला ? सायद ठूलै भौतिक आपत् पथ्र्यो होला हामीकहाँ भएको भए । तर अस्ट्रेलियामा भने यस्तो घटना हुँदा अस्पताललाई भौतिक त होइन नैतिक आपत् चाहीँ पर्यो । समाचार अनुसार अस्ट्रेलियाको एक अस्पतालले बिहीबार आफ्नो अस्पतालमा उपचाररत २ सय जना विरामीलाई भुलवस मृत घोषित गरेपछि त्यसले तहल्का नै मच्चायो र अस्पतालले माफी माग्नुपरेको छ । मेलवर्नमा रहेको अस्टिन हस्पिटलले विरामी मरेको गलत सूचना कथित मृतकका पारिवारिक चिकित्सककहाँ फ्याक्स गरि पठाइदियो । विरामी अस्पतालबाट डिस्चार्ज भएपछि पठाउने गरिएको त्यस्तो सूचनाको व्यहोरा फरक पर्दा यस्तो भवितव्य भएको रहेछ । विरामी अस्पतालबाट डिस्चार्ज भएको भन्ने व्यहोरा हुनुपर्नेमा विरामीको मृत्यु भएको भन्ने व्यहोरा पर्न गएछ । अस्पतालले आफुहरुको यस्तो अक्ष्यम्य गल्तीका कारण सम्बन्धितमा पर्नगएको असुविधाप्रति क्षमा माग्दै यस्तो गल्तीलाई सहज रुपमा लिइदिएकोमा समेत आभार प्रकट गर्यो । गलत सूचना गएको भएपनि विरामीको सेवामा कुनै फरक नपरेको उसको भनाइ छ । यद्यपि अस्ट्रेलियाको मेडिकल एसोसिएसनले भने अस्पतालको त्यो गल्ती स्विकार्ने नसकिने खालको रहेको भन्दै त्यसले आवासीय पारिवारिक चिकित्सकलाई ठूलो असर परेको दाबी गरेको छ । घटनाको विपक्षी सांसदले समेत आलोचना गर्दै त्यो सरकारको स्वास्थ्य प्रणालीकै दोष रहेको बताएका छन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template