
बक्स अफिसदेखि मिडियामा झगडाको खबर आइरहे पनि बलिउडका दुई खान साहरुख र सलमान भने मिल्ने साथी जस्तै भएका छन् । यतिबेला उनीहरु एकअर्काको प्रशंसा गरेर थाक्दैनन् ।
बिहिबार सार्वजनिक भएको साहरुख खानको नयाँ चलचित्र ‘ह्याप्पी न्यू ईयर’को ट्रेलरलाई सलमानले प्रशंसा गरेका हुन् । उनले आफूले सिनेमाको ट्रेलर हेरेको भन्दै यसले पनि किक मार्ने जनाएका छन् ।
सलमानले समेत साहरुखको सिनेमाको प्रशंसा गरेपछि यसले दुई खानको फ्यान वारलाई केही कम गर्ने अड्कल काटिएको छ ।
‘बीग बोस ८’ मा सलमान पाइलट
‘बीग बोस’को सिजन ८ संचालन गर्ने पक्का भैसकेपछि सलमान खानको लुक्स पनि सार्वजनिक भएको छ । गतबर्ष स्वर्ग र नर्कलाई मुख्य आधार बनाएर यो चर्चित रियालिटी शो संचालन भएको थियो । जहाँ सलमान भगवान र राक्षसको भूमिकामा देखिएका थिए । यसपटक भने उनी पाइलटको गेटअपमा देखिने भएका छन् ।
-
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!