कलाकारले बहुबिबाह गर्न नपाइने, चुरोट र रक्सी पनि निषेध - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » कलाकारले बहुबिबाह गर्न नपाइने, चुरोट र रक्सी पनि निषेध

कलाकारले बहुबिबाह गर्न नपाइने, चुरोट र रक्सी पनि निषेध

< ३ भदौ, काठमाण्डौ । प्रायः कलाकारको बैबाहिक जीवनमा समस्या देखिने र दोस्रो बिबाह गर्ने सामान्य कुराजस्तै भइसक्यो । तर, नेपाल चलचित्र कलाकार संघले जारी गरेको आचार संहिता मान्ने हो भने अब कलाकारले बहुबिबाह गर्न पाउने छैनन् । नेपालचलचित्र कलाकार संघले जारी गरेकेा ४ खण्डको आचारसंहिताको दोस्रो खण्डकोबुँदा नम्मबर ७ मा भनिएको छ- ‘ वहुविवाह, बालविवाह, अनमेल विवाह तथा दाइजोलिनेदिने गतिविधिमा संलग्न रहने छैनौ र त्यसको सक्रिय प्रतिवाद गर्नेछौ ।’ आचारसंहिता मान्ने हो भने अब कलाकारले सार्वजनिक स्थानमा चुरोट र रक्सीपिउनसमेत पाउने छैनन् । दोस्रो खण्डको पहिलो नम्बर बुँदामा भनिएको छ-’ सार्वजनिक स्थलमा धुमपान, मध्यपान गर्ने, जुवा खेल्ने वा अन्य अनैतिकगतिबिधिमा संलग्न हुने छैनौं ।’ आचार संहिताका विभिन्न बुँदामा ब्यक्तिगत जीबन सुधान गर्नेदेखी समाजलाई सन्देश दिनुपर्ने कुरा समेत समेटिएको छ । मुलुककोसुरक्षा, अमनचयनमा खलल पुरयाउने, विभिन्न जात, सम्प्रदाय, धर्म रसांस्कृतिक जीबनमा नकारात्मक असर पार्ने चलचित्रमा कुनै पनि कलाकारले अभिनयगर्न नहुने आचार संहितामा उल्लेख गरिएको छ । अब कुनै पनि कलाकारले निर्माता/निर्देशकको अनुमति विना आफुले अभिनय गरेकाचलचित्रको वारेमा सुचना दिन पाउने छैनन् र एउटै मितिमा एक भन्दा बढीचलचित्रमा काम गर्न नपाईने पनि उल्लेख छ । त्यसो त अरुको विचारको सम्मान रफरक मतको कदर पनि गर्नुपर्ने छ । bhuwan-and-nikhil यस्तो छ, संघले जारी गरेको आचारसंहिताको पूर्ण बिबरण- क) हामी कलाकारिताको पेशागत उत्कृष्टता र गुणस्तरप्रति सजग र प्रतिवद्ध रहनेछौँ । १)कलाकारितालाई आफ्नो पुनित कर्म ठान्दछौँ र यो पेशाको गुणस्तर र प्रतिष्ठा बढाउन सधै प्रयत्नशील रहनेछौँ । २)चलचित्र कर्मप्रति सदा समर्पित रहि र आफ्नो पेशामा निष्ठावान र अनुशासित रहनेछौँ । ३)आफूले अभिनय गर्ने चलचित्र प्रचलित कानूनको अधिनमा रहि कथावस्तु तयार भएको सुनिश्चित गरेर सम्वन्धित रोजगारदातासँग करार गरेर काम गर्नेछौँ । ४)नेपाल राज्यको सुरक्षा, शान्ति र अमनचयनमा खलल पुर्याउने, विभिन्न जातजाति वा सम्प्रदाय वा धर्म सांस्कृतिक र सामाजिक जीवनमा नकारात्मक असर पार्ने चलचित्र निर्माण गर्नेछौँ र त्यस्ता चलिचत्रमा अभिनय गर्नेछैनौँ । ५)कसैको व्यक्तिगत पहिचान र मर्यादामा आँच आउने विषयस्तु भएको चलचित्र निर्माण गर्ने तथा अभिनय गर्नेछैनौँ । ६)आफुले अभिनय गर्ने पात्रको भूमिका र चरित्रप्रति इमान्दार र लगनशिल भई त्यसप्रति उचित न्याय दिनेछौँ । ७)आफ्नो कलाकारिता पेशावाट प्राप्त लोकप्रियताको दुरुपयोग गरि नाजायज आर्थिक तथा अन्य लाभ लिनेछैनौँ । ८)आफ्नो कामप्रति पूर्ण अनुशासित भई तोकिएको समयमा तोकिएको स्थानमा उपस्थित भई तोकिएको गुणस्तरमा कार्यसम्पादन गर्नेछौं । जतिसुकै प्रतिकुल अवस्था वा भूमिका सानो वा ठूलो जे जस्तो भएपनि उत्कृष्ट नतिजा दिन प्रतिवद्ध छौँ । ९)चलचित्र उद्योग, सहकर्मी कलाकारहरु र कलाकारहरुको प्रतिनिधिमूलक संस्था नेपाल चलचित्र कलाकार संघलाई नकारात्मक असर पर्ने वा अपमान गर्ने वा होच्याउने वा अन्य यस्तै खालका अभिव्यक्ति दिने वा अन्य व्यवहार गर्नेछैनौँ । १०)कलाकार संघको वार्षिक साधारणसभा लगायतका अन्य महत्वपूर्ण गतिविधिहरुमा सक्रिय सहभागी हुने र आफ्नो क्षमताले भ्याएको योगदान गर्नेछौँ । ११)आफूले अभिनय गरेको चलचित्रको छायांकनको क्रममा आफूले निर्वाह गरेको भूमिका तथा सो चलचित्रको कथावस्तु लगायत यससंग सम्वन्धित अन्य सूचनाहरु गोप्य राख्नेछौँ र निर्माता, निर्देशकको अनुमति विना सार्वजनिक गर्नेछैनौँ । १२)आफूसँगै अभिनय गर्ने सहकर्मी बरिष्ठ एवं कनिष्ठ कलाकारहरुलाई यथोचित आदर र सम्मान गर्नेछौ । १३)रोजगारदाता चलचित्र निर्मातासंग एउटै मिति र समयमा एउटा भन्दा बढी चलचित्रमा समय दिने गरि करारनामा गर्नेछैनौँ । करारनामामा उल्लेखित शर्तहरु इमान्दारी पूर्वक पालना गर्नेछौँ । १४)हाम्रा दर्शक श्रोतहरुलाई आदर सम्मान र प्रेम गर्दछौँ । उहाँहरुको चाहनालाई मध्यनजर गरेर हामी कलाकारिताका परिकारहरु प्रस्तुत गर्नेछौँ । १५)व्यक्तिगत रुपमा आफ्ना कमजोरी वा असफलताको लागि अरुलाई दोष दिनेछैनौ । १६)कला, कलाकारिता र कलाकारिताको मंच वा कलाकारिताको उद्योगप्रति अपहेलना गर्नेछैनौँ र त्यसको सम्वद्र्धमा योगदान पुर्याउनेछौँ । ख) हामी हाम्रा व्यक्तिगत आचरण र अभ्यास समाजमा अनुकरणीय बनाउने छौँ । १) सार्वजनिक स्थलमा धुम्रपान मध्यपान गर्ने, जुवा खेल्ने वा अन्य अनैतिक गतिविधिमा संलग्न रहने छैनौ । २) दैनिक नीजि तथा व्यावसायिक जीवनमा गैरकानुनी गतिविधि गर्नेछैनौँ । ३)नीजि र व्यावसायिक जीवनमा कुनै व्यक्ति प्रति जात, धर्म, लिङ्ग, वर्ण, वर्ग वा अन्य कुनैपनि आधारमा भेदभावजन्य व्यवहार गर्नेछैनौ । ४)अरुको विचारको सम्मान र फरक मतको कदर गर्नेछौँ । ५)कुनैपनि प्रकारको हिंसाप्रति विश्वास गर्दैर्नौ र त्यस्ता कर्मप्रति संलग्न रहँदैनौ । ६)कसैप्रति दुव्र्यवहार, हिंसा (लैङ्गिक र अन्य हिंसा), शोषण (आर्थिक वा यौन शोषण) जन्य गतिविधिमा संलग्न रहनेछैनौँ । ७)बहुविवाह, वालविवाह, अनमेल विवाह तथा दाईजो लिनेदिने गतिविधिमा संलग्न रहनेछैनौ र त्यसको सक्रिय प्रतिवाद गर्नेछौँ । ग) हामी सामाजिक दायित्वको वोध गर्दछौ र त्यसको परिपूर्तिको लागि सदा सक्रिय रहनेछौँ । १) कलाकारिताको माध्यमवाट नेपाली कला संस्कृति र साहित्यको प्रवद्र्धन गरि समाज र राष्ट्र्रको पहिचान अभिवृद्धि गर्न सचेत र सक्रिय रहनेछौँ । २) कलाकारिताको माध्यमवाट समाजमा नयाँ ज्ञान, चेतना र सूचना प्रवाह गर्नेछौँ । ३)कलाकारिताको माध्यमवाट समाजमा सद्भाव, मेलमिलाप र सहकार्य अभिवृद्धि गर्न योगदान गर्नेछौ । ४)समुदायमा आईपर्ने आपत विपद र संकटमा मानवीय सहयोग र सद्भाव पुर्याउनेछौँ । ५)जातीय विभेद, वालश्रमको प्रयोग तथा महिला हिंसाप्रति विशेष सम्वेदनशील रहनेछौं र त्यसप्रति सून्य सहनशीलता अपनाउनेछौँ । ६)आफ्नो शक्तिको दुरुपयोग, जालसाजी तथा भ्रष्टाचारजन्य गतिविधि गर्नेछैनौ र त्यस्तो कर्मलाई प्रोत्साहन हुने क्रियाकलाप गर्नेछैनौँ । ७)वातावरण संरक्षण सम्वन्धमा विशेष सक्रिय रहनेछौ र आफ्नो नीजि तथा व्यावसायिक कामले वातावरणमा पार्ने नकारात्मक प्रभाव प्रति सचेत रही वातावरण मैत्री व्यवहार अपनाउने छौँ । ८)नाफा वा कमाईको लागि अनैतिक, असभ्य र गैरकानूनी पेशा, कर्म वा व्यवसाय गर्ने गराउने छैनौ । घ) हामी हाम्रा पेशागत सुरक्षा प्रति चासो र पहल गर्नेछौ । १)पेशागत हक, हित र सुरक्षाको कानून प्रदत्त अधिकार प्राप्तिका लागि सक्रिय रहनेछौँ । २)शान्तिपूर्ण विधिवाट कुनैपनि समस्यको समाधान गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दछौँ । ३)पेशागत सुरक्षाको विषयमा रोजगारदाता तथा सरकारसँग सामूहिक मोलमोलाई गर्नेछौँ, वार्ता र सम्वादको माध्यवाट आपसी हितको छिनोफानो गर्नेछौँ । ४)रोजगारदाता संग कुनै विषयमा विवाद उत्पन्न भएमा आपसी सम्वादको माध्यमवाट समाधान खोज्नेछौ र सो सम्भव नभएमा उपयुक्त कानूनी उपचारको खोजी गर्नेछौँ । ५)कलाकारिताको माध्यमवाट सृजना भएको श्रव्यदृष्य वस्तुको प्रतिलिपि अधिकार प्रति सजग रहनेछौँ र सो को प्राप्तिमा सक्रिय रहनेछौँ । ६)कलाकारहरुले काम गर्ने वातावरण, कार्यस्थल तथा सामाजिक सुरक्षाको (वीमा, औषधि उपचार आदी) विषयमा सचेत रही रोजगारदाता तथा सरकारलाई त्यस्तो व्यवस्था गर्न गराउन पहल गर्नेछौँ । मिति २०७१ भदौ २ को कार्य समितिवाट पारित




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template