श्री को शोकमा डुवेकी श्वेतालाई ज्वरोले सतायो - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » श्री को शोकमा डुवेकी श्वेतालाई ज्वरोले सतायो

श्री को शोकमा डुवेकी श्वेतालाई ज्वरोले सतायो

अभिनेता श्रीकृष्ण श्रेष्ठको शोकमा डुबेकी अभिनेत्री श्वेता खड्का ज्वरोले थलिएकी छिन् । पति शोकमा डुबेकी श्वेतालाई आफन्त र शुभचिन्तकहरु श्रीको निवास पुगेर सहानुभूति दिने भीड लागेको बेला दुई दिनदेखि ज्वरोले सताउदा उनि थलिएकी हुन् | उनलाई सम्हाल्न श्वेताकी आमा स्वयं श्वेतासँग हरबखत रहने गरेकी छिन् ।
आइतबार फिल्मसँग आवद्ध कलाकार र पत्रकारहरु अभिनेता श्रीकृष्ण निवास पुग्दा उनी ज्वरोले थालिएको अवस्थामा भेटिएकी थिइन् । दिल्लीबाट श्रीकृष्ण श्रेष्ठलाई नेपाल ल्याउँदा देखिनै श्वेता निरन्तर रोईरहेको हुँदा उनलाई ज्वरोले समातेको हुन सक्ने श्रीका भिनाजु चन्द्र प्रसाद श्रेष्ठले जानकारी गराए ।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको सातौं दिन पुगेको छ । ‘शुभचिन्तकहरुले घरमा आएर सहानुभूति दिइराख्नु भएको छ । सबैजना शोकमा छौं । फिल्म राम्रो चल्दैछ भनेको सुनेका छौं । बाँकी कुरा बुझ्न पाएका छैनौं,’ स्वर्गीय श्रीकृष्णका भिनाजु चन्द्रप्रसाद श्रेष्ठले भने ।
शुक्रबार बाबुराम भट्टराई श्रीकृष्ण निवास पुगेका थिए भने माइती नेपालकी अनुराधा कोइराला परिवारलाई सान्त्वना दिन आइतबार श्री निवास पुगेकी थिइन् । अभिनेता श्रीकृष्णको उपचार रहँदा ठिक एक हप्ता अघि दिल्लीको गंगाराम अस्पतालमा निधन भएको थियो । श्रीकृष्ण श्रेष्ठ र श्वेताको अभिनय रहेको ‘कोहिनूर’ देशभर हाउसफूल व्यापारका साथ चलिरहेको रिपोर्ट छ






Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template