श्रीकृष्णलाई संझदै रोए दर्शक, ‘कोहिनुर’ करोड क्लबमा - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » श्रीकृष्णलाई संझदै रोए दर्शक, ‘कोहिनुर’ करोड क्लबमा

श्रीकृष्णलाई संझदै रोए दर्शक, ‘कोहिनुर’ करोड क्लबमा

नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ करोड क्लबमा प्रवेश गरेको छ । शनिबार बेलुकी नायक श्रेष्ठको भारतमा उपचारका क्रममा निधन भएको थियो । उनको सोमबार बेलुकी पशुपती आर्यघाटमा सरकारी सम्मानका साथ अन्त्येष्टी गरिएको हो । श्रेष्ठलाई श्रद्धाञ्जली दिन त्रिभुवन विमानस्थलदेखि पशुपति आर्यघाटसम्म हजारौ दर्शकहरुको भिड लागेको थियो । प्रहरीलाई हरेक स्थानमा दर्शकको भिड नियन्त्रण गर्न हम्मे-हम्मे परेको थियो । श्रीकृष्णले निर्माण तथा अभिनय गरेको अन्तिम चलचित्र ‘कोहिनुर’ हेर्ने दर्शकको संख्या बढिरहेको छ । उनलाई श्रद्धाञ्जली दिन दर्शक हलमा पुगेका छन् । धरानबाट पत्रकार अर्पण थापा भन्छन्-’धरानको गणेश टाजिक, दमकको पाथिभरा, विर्तामोडको कृष्ण टाकिजमा चलचित्र हेर्ने दर्शकको भिड नै लागेको छ । पूर्वका साना स्टेशनमा पनि सिनेमाको व्यापार बढेको छ । चितवनको ईन्द्रदेव हल, वुटवलमा पनि सिनेमाको व्यापार बढिरहेको छ । आकाश अधिकारीको निर्देशनमा स्वेता खड्का र श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रले चेलिबेटी बेचबिखनको कथा बोल्छ । नायक श्रेष्ठलाई पर्दामा देख्ने वित्तिकै दर्शकहरु भावूक बन्ने गरेको छन् । महिलाहरु हलबाट रुदै निस्किएका छन् । चलचित्रले आफूलाई करोड क्लबमा उभ्याएको छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template