सिन्धुपाल्चोक पहिरोमा विस्थापितमा भाइरल ज्वरो - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » सिन्धुपाल्चोक पहिरोमा विस्थापितमा भाइरल ज्वरो

सिन्धुपाल्चोक पहिरोमा विस्थापितमा भाइरल ज्वरो

२४ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पहिरोका विस्थापितमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । स्थानीय रामकाजी श्रेष्ठका अनुसार जिल्लाको धुस्कुन ३ बाट विस्थापित घरपरिवारमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, जोर्नी दुख्नेजस्ता समस्या देखिएको हो । कसैकसैमा बान्ता हुने र पेट दुख्ने समस्यासमेत देखिएको छ । भाइरल ज्वरोको संक्रमणबाट विशेषगरी बालबालिका र महिला बिरामी परेका छन् । पहिरोका कारण सुनकोसी थुनिएर घरखेत डुबानमा परेपछि गत १६ गते बिहान उक्त क्षेत्रबाट ७४ घरपरिवारका झन्डै ५ सय विस्थापित भएका थिए । खुला आकाशमुनि बस्न बाध्य उनीहरु स्वच्छ खानेपानी, खाना र अनुकुल वातावरणको अभावमा भाइरल ज्वरोको समस्या देखिएको हो । ‘दिनभर चर्को घाम र रातभर चिसोमा बस्न बाध्य छौं । फोहोर पानी खानुपर्ने र भोकै बस्नुपर्ने बाध्यता हुन लाग्यो,’ पहिरोमा परिवारसमेत गुमाएका श्रेष्ठले भने-’घरबारबिहीन भएका हामी बिरामी पर्दा पनि हेरिदिने कोही छैन ।’-अन्नपूर्ण पोस्टमा खबर छ । पहरी, नेवार, खत्री र दलित समुदायको बाहुल्य रहेको बस्तीमा तीन दिनदेखि भाइरल ज्वरोको संक्रमण देखिन थालेको स्थानीय मदन पहरीले बताए । स्वास्थ्य मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले विस्थापितको स्वास्थ्यप्रति सचेत रहेको दाबी गर्दे उपचारका लागि ढिलासुस्ती नुहने बताए ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template