काभ्रेका गाउँ नै मिगौलाबिहीन बन्दै, पीडित नै तस्करीमा संलग्न - \ - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » काभ्रेका गाउँ नै मिगौलाबिहीन बन्दै, पीडित नै तस्करीमा संलग्न - \

काभ्रेका गाउँ नै मिगौलाबिहीन बन्दै, पीडित नै तस्करीमा संलग्न - \

२४ साउन, काभ्रे । प्रहरीले मिर्गौला तस्करी हुन थालेको २० वर्षपछि त्इसमा संलग्न गिरोहलाई पक्राउ गरी कारबाही थाले पनि तस्करी भने अझै रोकिएको छैन् । तस्करले देखाएको आर्थिक प्रलोभनमा परेर केही दिनअघि मात्र दुईजना भारत गई मिगौला बेचेर खाएका छन् । ‘मिगौला तस्करी अझै रोकिएको छैन्,’ मिर्गौला तस्करीविरुद्धका अभियानकर्ता बद्री ढुंगानाले भने-’तस्करीमा संलग्न एक गिरोह पक्राउ परे पनि अन्य गिरोह सक्रिय रहेको देखियो ।’ मिर्गौला तस्करी भइरहेको घटना पहिलोपटक उनैले सावैजनिक गरिदिएका थिए । ‘मिगौला बेच्नेमा परिवारकै जालो छ,’ उनले बेचेर आउनेको पनि तथ्यांक देखाउँदै भने-’एउटाले बेचेर आएपछि उसैल परिवारका अन्य सदस्यलाई बेच्न उक्साएको देखिन्छ ।’-अन्नपूर्ण पोस्टमा खबर छ । मिर्गौला बेचेर आउनेहरुले नै स्थानीय तस्कर बनेर गाउँबाट बेच्ने व्यक्ति खोज्दै राजधानी लैजाने गरेका छन् । उनका अनुसार हालसम्म यहाँ एक सय तीनजनाले मिर्गौला बेचेका छन् । २९ घरका अधिकांश सदस्यले मिर्गौला बेचिसकेका छन् । जिल्लाको होक्सेसहित, ज्याम्दी, पाँचखाललगायत स्थानबाट मिर्गौला तस्करी हुने गरेको पाइएको छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template