
Home »
सूचना प्रबिधि
» पसीनाबाट अब मोबाइल फोन चार्ज हुन सक्ने
पसीनाबाट अब मोबाइल फोन चार्ज हुन सक्ने

पसीनाबाट निस्कने बिजुलीले ट्याटुको प्रयोग गरी जैविक रुपमा ब्याट्री चार्ज गर्न सकिने अनुसन्धानले देखाएको छ खलखल पसीना आउने गरी गरिने व्यायामले तपाइको स्वास्थलाई मात्र राम्रो गर्दैन् अब यसले तपाईको मोबाइल फोनलाई समेत चार्ज गर्न सकिने एउटा अनुसन्धानले देखाएको छ। पसीनाको मद्दतले उर्जा उत्पादन गर्न सक्ने एउटा विशेष प्रकारको ट्याटूलाई अमेरीकन केमीकल सोसाइटीको हालै सम्पन्न बैठकमा सार्वजनिक गरिएको छ। उक्त जैविक ब्याट्रीले व्यापक कसरतपछि उत्पन्न हुने पसीनाबाट शक्ति आर्जन गर्ने अनुसन्धानकर्ताहरुको भनाई छ। पछिल्लो प्रविधिले अब चाँडै मुटुको धडकन नाप्ने साना उपकरणहरु, घडीहरु र अन्तत मोबाइल फोन समेत चार्ज गर्न सकिने क्यालीफोर्नीयाका बैज्ञानिकहरुले बताएका छन्। अप्रत्याशित रसायन विज्ञानसम्बन्धी एक जर्नलमा आफ्नो खोज प्रकाशन गरेकी सान डियागो स्थित युनिभर्सिटी अफ क्यालिफोर्नीयाकी प्राध्यापक डाक्टर वेनझाओ जीयाले भनिन, “पसीनालाई प्रयोग गरि बिजुली निकाल्न सक्ने नवीन अवाधारणा ल्याउने हामी नै पहिलो हौँ।” उनका अनुसार अहिले पसीनाबाट निस्कने विद्युतको शक्ति थौरै अर्थात चार माइक्रोवाट मात्र छ। "पसीनालाई प्रयोग गरि बिजुली निकाल्न सक्ने नवीन अवाधारणा ल्याउने हामी नै पहिलो हौँ" डाक्टर वेन झाओ जीया,प्राध्यापक,युनिभर्सिटी अफ क्यालिफोर्नीया तर त्यसलाई बढाएर साना विद्युतीय उपकरणलाई चार्ज गर्न पुग्ने उर्जा उपलब्ध गराउने प्रयासलाई संभव तुल्याउन अनुसन्धानकर्ताहरु लागेका छन्। रोचक के छ भने, जीयाको टोलीले जैविक ब्याट्री बनाउने प्रयासमा अनुसन्धान थालेको थिएन्। उनीहरु पसीना आएको बेला खासगरी शारिरिक व्यायाम गर्दा आफ्नो तन्दुरुस्तीको विश्लेषण गर्न शरिरमा लगाइने एउटा मोनिटरको निर्माणमा जुटेका थिए। साधरतया रगतको नमुनामा निर्भर रहेर गरिने त्यस्तो विश्लेषणलाई सहज बनाउन उक्त टोलीले पसीना जाँच्ने सेन्सरको रुपमा कागज जस्तै अस्थायी ट्याटू निर्माण गरेको थियो। त्यसको प्रयोगबाट मुटुको गति मात्र नभइ रासायनिक तथ्यांकसँग जोडेर शारिरिक अभ्यासको बारेमा धेरै कुरा थाहा पाउन सकिन्थ्यो। त्यसपछि उनको टोलीले उक्त सेन्सरलाई पसीनाबाट रिचार्ज गर्न सकिने जैविक ब्याट्रिको रुपमा विकास गर्यो। पसीनाबाट झन्डै चार माइक्रोवाट बिजुली निकाल्न सफलता हात परेको छ रासायनिक प्रतिक्रिया उत्पन्नन गराउने एउटा इन्जाइमलाई प्रयोग गर्दै उनीहरुले पसीनाबाट इलेक्ट्रोन निकाले जसबाट कमजोर विद्युत करेन्ट उत्पादन भएको थियो। चूनौती जब व्यायाम गर्न प्रयोग गरिने साइकल चलाउने स्वयंसेवकहरुले उक्त ट्याटू लगाए उनीहरुको प्रति स्क्वायर सेन्टिमिटर छालाबाट ७० माइक्रोवाट विजुली उत्पादन भएको थियो। आश्चर्यजनक रुपमा कम तन्दुरुस्त मानिसहरुबाट बढी बिजुली निकलिएको थियो अनी हप्तामा तीन पटक भन्दा वढी व्यायाम गर्नेबाट कम। कम तन्दुरुस्त मानिसहरु चाँडै गल्ने अनि बढी पसीना निकाल्ने भएकाले यस्तो भएको हो की जस्तो हामीलाई लाग्छ, डाक्टर जीयाले भनिन्। "अहिले पसीनाबाट उत्पादित हुने भन्दा झन्डै दोब्बर अर्थात दश माइक्रोवाट बिजुली एउटा डिजिटल घडीलाई चार्ज गर्न चाहिन्छ" अबको चरणमा ती ट्याटूहरुलाई साना विद्युतीय उपकरणसँग जोड्ने र क्यापासिटर जस्ता उपकरणहरु प्रयोग गरी उत्पादित विद्युत सन्चित गर्नुपर्ने काम बाँकि छ। उनको ल्याबले एउटा स्ट्राट अप कम्पनीसँग त्यसको उत्पादन गर्ने समझदारी गरेको छ। तर सबैभन्दा ठूलो चूनौती चाँहि विजुलीको क्षमता बढाउनुपर्ने देखिन्छ। अहिले पसीनाबाट उत्पादित हुने भन्दा झन्डै दोब्बर अर्थात दश माइक्रोवाट बिजुली एउटा डिजिटल घडीलाई चार्ज गर्न चाहिन्छ। अप्ठेरो नै पर्ने भए किन पसीनाको प्रयोग गर्ने? परम्परागत व्याट्री छदैँछ नी? यसको जवाफमा डाक्टर जिया भन्छीन, “उनीहरु चाँडै रिचार्ज हुन्छन्, उनीहरु बिस्फोटन हुने वा विषालु रासायन फ्याल्ने जोखिम पनि रहदैँन।” र पसीनाको प्रयोग गर्दा हामी आफू स्वयँलाई नविकरणीय उर्जाको श्रोतको रुपमा प्रयोग गरिरहेका हुन्छौँ।
Labels:
सूचना प्रबिधि
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!