
काठमाडौ । केही वर्ष भयो भारतमा बस्ने नपालीहरुले तीज कार्यक्रममा नेपाली कलाकारलाई निम्तो दिन थालेको छ ।
नेपाली गायक गायिकाको स्वर सुनेर दिल्ली, मुम्बई लगायतका स्थानमा स्टेज कार्यक्रममा तीजको गीतमा छमछमी नाचेका नेपालीहरुले अब भारतीय गायिकाको स्वरमै तीज गीत सुन्न र नाच्न पाउने भएका छन् ।
नेपाली मुलकी भारतीय गायिका पूणिर्माले तीज गीतमा स्वर दिएकी छिन् यसपाली । शंकर लामिछानेको संगीतमा ‘आफु पनि नाचिन्छ…’ बोलको गीतमा पूणिर्माले स्वर दिएकी छिन् ।
संगीतकार लामिछानेले अर्की भारतीय गायिका साधना सरगमलाई सोही गीत गाउन लगाएका छन् । गीतको संगीत भने फरक शैलीको छ । दुबै गीतको रेकडिङ मुम्बईमा भएपनि म्युजिक भिडियो नेपालमै निर्माण गरिएको छ ।
शिब बिकको निर्देशनमा तयार भएका म्युजिक भिडियोमा नेपाली नायिका आशिष्मा नकर्मी र नम्रता सापकोटाले मोडलिङ गरेका छन् । संगीतकार लामिछाने चलचित्र ‘किन लाग्छ माया’ का नायक हुन् ।
पूणिर्माले तीज गीत गाएको यो नै पहिलो पटक होईन । स्व. प्रकाश थापा निर्देशित चलचित्र ‘कन्यादान’ का लागि उनले २३ वर्ष अघि ‘तीजको लहर आयो बरिलै…’ बोलको गीत गाएकी थिईन् । जुन गीत अहिले पनि रेडियो र टेलिभिजनमा बज्ने गर्दछ र त्यही गीत नै नेपाली तीज गीतको संकेत गीतजस्तै बनिसकेको छ ।
हेर्नुहोस् भिडियो-
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!