शरीरलाई कति तौल चाहिन्छ? - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » शरीरलाई कति तौल चाहिन्छ?

शरीरलाई कति तौल चाहिन्छ?

थाहा पाउन कठिन छैन ।  तर यसका लागि तपाईले'वडी मास इन्डेक्स' (बिएमआई) विधिलाई भने जान्नुपर्छ ।तौल नाप्ने सबैभन्दा सरल साधन बिएमआई हो । यसले शरीरमा भएको बोसोको आँकलन गर्छ । शरीरको तौललाई लम्बाइ (मिटर) को वर्गले भाग गरेर यो निकालिन्छ । अर्थात् बिएमआई नाप्ने व्यक्तिको लम्बाइलाई दोब्बर गरेर उसको किलोग्राममा भएको तौलले भाग गरेर शरीरलाई चाहिने तौल निकालिन्छ । 

उदाहरणका लागि एउटा ६ फिट उचाइ र ७४ किलो तौल भएको व्यक्तिको बिएमआई २२ हुन्छ ।'शरीरको तौल लम्बाइ र शारीरिक संरचनाका अनुसार हुनुपर्छ,' 'यसका लागि बिएमआई सही तरिका हो, तौल सन्तुलित राखेर थुप्रै रोगबाट बँच्न सकिन्छ ।'

बिएमआई सामान्य देखिएको वयस्कमध्ये सबैको तौल स्वास्थ्यको हिसाबले एकदम सही हुनैपर्छ भन्ने छैन । 'यदि बिएमआई सामान्य छ भने तपाईलाई आफ्नो कम्मरको व्यास समेत नाप्नुपर्छ,'  'यदि कम्मरको घेरा महिलाको ३२ इन्च र पुरुषको ३५.६ इन्चभन्दा कम छ भने तौल घटाउने चिन्ता लिइरहनु नै पर्दैन ।'बिएमआईका लागि तौल र उचाइ जान्नै पर्छ । तौल जुत्ता, चप्पल र भारी कपडाबिना नाप्नुपर्छ । यसो भएमा मात्र बिएमआईले शरीरको तौल उचाइको अनुपातमा ठीक वा छैन भन्ने सही बताउँछ । बिएमआई २९.९ भन्दा बढी हुनु हुन्न । बिएमआईको सामान्य श्रेणी गर्भवती महिला र दुध खुवाउने आमामा लागू हुँदैन ।

'बिएमआई र कम्मरको नापमा सधैं ध्यान राख्नुपर्छ,'  'यदि यसमा वृद्घ देखियो भने केही गर्नैपर्छ ।' सामान्य बिएमआई भएकाहरूले समेत दिनहुँ करिब ३० मिनेट व्यायाम गर्नुपर्छ । यो ३० मिनेटको अवधिलाई भने पूरा दिनमा बाँड्न सकिन्छ । 'भर्‍याङ चढ्नु, तीव्र गतिले हिँड्नु, नाच्नु, घरको सफाइ गर्नु, लुगा धुनु र करेसाबारीमा काम गर्नु पनि यसैमा पर्छन्,। 

जति व्यायाम, त्यति नै फायदा हुन्छ । कोलेस्ट्रोल र चिनी कम गर्न व्यायाम गर्नुहुन्छ भने त्यो न्यूनतम एक घन्टाको हुनुपर्छ । यस्तै प्राणायामलाई त्यो एक घन्टाको व्यायामकै अन्तर्गत नराखी पूरक व्यायामको रूपमा राख्ने सल्लाहरूसमेत डा.रावत दिन्छन्, 'एक घन्टा व्यायाम गरेपछि प्राणायाम गर्नुस् तर व्यायामकै समयमा प्राणायामलाई न जोड्नुस् ।'

शरीरको उचित तौल
एउटा वयस्कको शरीरको अपेक्षित तौल उसको लम्बाइअनुसार हुनुपर्छ, जसले उसको शारीरिक गठनलाई अनुकूल बनाओस् । सामान्यतः १८.५ बिएमआईभन्दा मुनि भएकालाई अस्वस्थको श्रेणीमा राख्न सकिन्छ । यस्तै १८.५ देखि २३ बिएमआईसम्मकालाई साधारणमा राख्न सकिन्छ भने २३.१ देखि ३० बिएमआई भएकालाई बढी तौलमा राखिन्छ । ३० भन्दा बढी बिएमआई हुनेलाई मोटो व्यक्तिको रूपमा लिइन्छ ।अर्को एउटा प्रक्रियाअनुसार आफ्नो सेन्टिमिटर स्केलमा भएको उचाइबाट एक सयलाई घटाउँदा आउने संख्या तपाईको सही तौल हुनेछ । 

जस्तै एक सय ५० सेन्टिमिटर अग्लो मान्छेको सही तौल ५० किलोग्राम मानिन्छ ।सामान्य बिएमआईको फाइदा बिएमआईलाई सधंै २३ भन्दामुनि राख्दा फाइदा हुन्छ, मधुमेह हुँदैन । पहिलेदेखि नै मधुमेह छ भने चिनीको स्तर राम्रो हुन्छ । सामान्य बिएमआईले रक्तचापमा समेत कमी आउँछ । पहिलेदेखि नै भएको रक्तचापलाई समेत नियन्त्रित राख्न सघाउँछ । मुटुको रोग रोक्नुको साथै पक्षाघात हुनबाट समेत जोगाउँछ । सन्तुलित बिएमआईले केही प्रकारको क्यान्सर रोक्नसमेत सघाउँछ । कोलेस्ट्रालको स्तरलाई समेत सामान्य बनाउँछ । ब्लड फ्याट लेभेललाई समेत सामान्यमा ल्याउँछ । उमेर बढाउनुको साथै ऊर्जास्तर समेत सुधार्छ, जसकारण उमेरभन्दा जवान देखिन्छ । 

तौल कसरी कम गर्ने ?
'तारिएको खाना कम, फलफूल र सब्जी बढी खानुपर्छ,, 'टुसाएको चना र रेसायुक्त खाद्य पदार्थले पनि फाइदा गर्छ । दिनहुँ व्यायाम गर्नुपर्छ ।' उपवास बस्नाले चाहिँ शारीरिक नोक्सान हुन सक्छ । दुई पटकको खानाबीच लामो अन्तराल हुनु हुँदैन । स-सानो अन्तरालमा अलिअलि खानु पर्छ । बढी बोसोयुक्त खाना खानु हुन्न भने अल्कोहलबाट बच्नुपर्छ ।'

मोटोपनाको कारण
ऊर्जा सेवन र ऊर्जा उपयोगबीच असन्तुलनका कारणले मोटोपना हुन्छ । बढी बोसोयुक्त खाना पनि यसको कारक हो । फास्ट फुड खानाले समेत मोटोपनलाई निम्त्याउछ । कम व्यायाम र स्थिर जीवन मोटोपनाको प्रमुख कारण हो । असन्तुलित व्यवहार र मानसिक तनावका कारणले व्यक्ति विशेष बढी खाना खाना थाल्छन्, जो मोटोपनाको कारण बन्छ । शारीरिक क्रिया सही रूपले नहुँदा पनि शरीरमा बोसो जम्मा हुन्छ । बाल्यअवस्था र युवाअवस्थाको समयको मोटोपना वयस्क हुँदासम्म रहन सक्छ ।

शरीरलाई स्याउ हैन नासपाती जस्तो बनाउनुस्
मोटोपनाका दुई श्रेणी हुन्छन् । एउटा स्याउ अर्को नासपाती जस्तो शरीर हुनु । मोटोपना कम्मरभन्दा माथिल्लो भागमा हुनुलाई स्याउ आकारको मोटोपना (एप्पल सेप्ड ओबिसिट) भनिन्छ, कम्मरभन्दा मुनि मोटोपना हुनलाई नासपाती मोटोपना (पियर सेप्ड ओबिसिट) ।नेपालमा केन्द्रीकृत मोटोपना अर्थात् भुँडी लाग्ने समस्या सबैभन्दा बढी छन् । पेटमा बोसो लाग्नु मोटोपनाको सबैभन्दा खतरनाक स्थिति हो । 

स्याउ आकारको मोटोपना नासपाती आकारको मोटोपनाभन्दा बढी खतरनाक हुन्छ किनभने नासपाती आकारमा थाई र नितम्बमा जम्मा भएको बोसोका कोसिकाको विशेषता स्याउ आकारको मोटोपनामा भएको फ्याट कोसिकाभन्दा फरक हुन्छ । धूमपान गर्ने व्यक्तिको मोटोपना धेरैजसो स्याउ आकारको र अन्य व्यक्तिमा यो नासपाती आकारजस्तो हुन्छ ।चिकित्सकहरूले हिप र पेटको अनुपातमा समेत ध्यान दिनुपर्ने आंैल्याउँछन् । सामान्य व्यक्तिको हिपको आकार पेटको आकारभन्दा ठूलो हुनुपर्ने हुन्छ ।





Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template