जहाँ मान्छेका लासको बोसो झिकेर खाइन्छ - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » जहाँ मान्छेका लासको बोसो झिकेर खाइन्छ

जहाँ मान्छेका लासको बोसो झिकेर खाइन्छ

< <पपुवा न्युगिनीको मोरोब पहाडि क्षेत्रका भिरहरुमा झुण्डाइएका लासहरु मुस्कुराए जस्ता लाग्छन् । सुकुटी बनाएजस्तो गरी आगोमा पोलेर राखिएका लासहरु वर्षौँ पुराना समेत छन् र केही आलो पनि ।
लासको बाहिरी भागमा रातो दलिएको छ र ती लास बाँसका पिंजडा भित्र राखिएका छन् र झुण्डाइएका छन् ।


उक्त आदिवासी इलाकामा पुग्ने जो कोही बाहिरिया मान्छे जताततै झुण्डिएका लास देख्दा डराउनु स्वभाविकै हो । तर दुर्गम भेगका ती आंगा आदिवासीका लागि भने लासको यस्तो अवस्था निकै गर्वको विषय हो । उनीहरुका लागि लासलाई यसरी राख्नु भनेको मृतक प्रतिको सबैभन्दा ठूलो श्रद्धा हो ।


मानिस मरिसकेपछि उसको सरीरलाई मज्जाले आगोमा पोलिन्छ । सिपालु मलामीले पैताला, घुँडा लगायतका ठाउँहरुमा काटेर सरीरभित्रको बोसो थुत्छ । त्यसपछि लासको मलद्धारबाट बाँसको एक टुक्रा घुसाएर निकालिन्छ । उक्त बाँसको लट्ठीमा टाँसिएर आएको पदार्थ उनीहरुको लागि निकै पवित्र हुन्छ ।

लासबाट निकालिएको बोसो तथा मलद्धारबाट निकालिएको पदार्थ मृतकका आफन्तले आफ्नो जिउमा घस्दछन् । यसरी मृतकको बोसो र मल जिउमा दल्दा मृतकको शक्ति स्थानान्तरण हुने विश्वास गरिन्छ । बाँकी रहेको बोसो खाना पकाउने घ्यु को रुपमा प्रयोग गरिन्छ ।
त्यसपछि लासको आँखा, मुख तथा मलद्धारलाई बन्द गरेर सिलाइन्छ । यसो गर्नुको खास कारण ती क्षेत्रबाट सरीर भित्र हावा छिरेर मासु नकुहियोस् भनेर हो ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template