
मृत्युको संकेतहरुको प्रथम उल्लेख शिव पुरााणमा पाइन्छ । शिव पुराणका अनुसार एकपटक देवी पार्वतीले भगवान शिवसँग कसैको मृत्यु हुँदै छ भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ भनेर प्रश्न गरिन् । उनको प्रश्नको उत्तर दिँदै भगवान शिवले मृत्युका १० संकेतहरुको बारेमा बताएका छन् ।
१. मृत्युको संकेत नम्बर १
जब छालाको रङ पहेँलो अथाव सेतो हुन्छ जसमा हल्का रातो रङ देखिन्छ भने उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुनेछ ।
२. मृत्युको संकेत नम्बर २
जब व्यक्तिले आफ्नो प्रतिबिम्ब ऐना अथाव पानीमा देख्न छाड्छ उक्त व्यक्तिको मृत्यु ६ महिनाभित्र हुने बताइएको छ ।
३. मृत्युको संकेत नम्बर ३
जब कुनै व्यक्तिले सबै कुरा कालो देख्न थाल्छ यो संकेतलाई व्यक्तिको मृत्यु नजिक भइरहेको भन्ने बुझ्नुपर्छ ।
४. मृत्युको संकेत नम्बर ४
यदि व्यक्तिको बाँया हात एक हप्तासम्म लगातार फर्फराइरहेको छ भने यसको अर्थ उक्त व्यक्ति एक महिनाको पाहुना भन्ने बुझिन्छ ।
५. मृत्युको संकेत नम्बर ५
यदि कोही व्यक्तिको संवेदनशील अंग ढुङ्गाजस्ता कठोर हुने गरेको छ भने उक्त व्यक्ति ६ महिनाभित्र मर्दैछ भन्ने संकेत हो ।
६. मृत्युको संकेत नम्बर ६
जब कोही व्यक्तिले चन्द्र, सूर्य र आगोबाट निस्कने प्रकाश देख्न छाड्छ भने उसको मृत्यु निकट छ ।
७. मृत्युको संकेत नम्बर ७
यदि कुनै व्यक्तिको जिब्रो अचानक सुन्निन थाल्यो भने पनि त्यस्ता व्यक्तिहरु केहि दिनका लागि मात्र जीवित हुने बताइएको छ ।
८. मृत्युको संकेत नम्बर ८
यदि मानिसले आकाशमा ध्रुव तारा देख्न छाडेमा यसको अर्थ उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुने बताइएको छ ।
९. मृत्युको संकेत नम्बर ९
जब कुनै व्यक्तिले सूर्य, चन्द्र र आकाशलाई रातो देख्न थाल्छ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुने बताइएको छ ।
१०. मृत्युको संकेत नम्बर १०
जब कसैले सपनामा उल्लु अथवा खाली वा नष्ट भएको गाउँ देख्छ भने उसको मृत्यु निकट छ भन्ने बुझ्नुपर्छ । (एजेन्सी)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!