रणबीरबारे बोल्न मानिनन् दीपिका - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » रणबीरबारे बोल्न मानिनन् दीपिका

रणबीरबारे बोल्न मानिनन् दीपिका

मुम्बई । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंहको सम्बन्धबारे बलिउडमा चर्चा चुलिएको छ । यद्यपि उनिहरुले अहिलेसम्म आफ्नो सम्बन्धवारे खुलेर कुरा गरेका छैनन् । यो सम्बन्ध गुपचुप नै होस् भन्ने चाहन्छन् उनिहरु । भारतीय मिडियाकर्मीहरुको दीपिकालाई भेट्ने बित्तिकै पहिलो प्रश्न हुने गर्छ ‘रणबीरसँग तपाईको सम्बन्ध के हो ? त्यहि प्रश्न रणबीरले पनि झेल्दै आएका छन् । तर, उनीहरुको उत्तर साझा हुने गर्छ । ‘अहिले म यो विषयमा केही बोल्दिन पछि कुरा गरौंला ।’ मुम्बई आयोजित एक कार्यक्रममा दीपिकलाई भेट्ने बित्तिकै मिडियाकर्मीले त्यहि प्रश्न दोहोर्‍याए ‘तपाईलाई त रणबीरसँगै क्रुजमा देखियो । कत्तिको रमाईलो भयो । के के कुरा भयो ? यस्तै यस्तै प्रश्न आईरहयो । दीपिकाले केही जवाफ दिईनन् मात्रै मुस्कुराईन केही बेर र अन्तिममा भनिन् ‘यो प्रश्नको अहिले कुनै अर्थ छैन, म रणबीरको वारेमा केही बोल्दिन, मौका आएपछि भनौंला ।’




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template