तीजमा अशिष्मा र नम्रतालाई कसले गरायो भिडन्त ? (भिडियो) - - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » तीजमा अशिष्मा र नम्रतालाई कसले गरायो भिडन्त ? (भिडियो) -

तीजमा अशिष्मा र नम्रतालाई कसले गरायो भिडन्त ? (भिडियो) -

तीजको गीतका लागि यति ठूलो लगानी संभवत कमै मात्र भएको पाइन्छ । तर अष्ट्रेलियामा बस्दै आएका कलाकार शंकर लामिछानेले भने एउटै गीतलाई २ आवाजमा रेकर्ड गराएर म्यूजिक भिडियो तयार पारेका छन् । ‘आफू पनि नाचिन्छ, अरुलाई नी नचाइन्छ’बोलको गीतमा चर्चित गायिकाद्धय पूणिर्मा र साधना सरगमको आवाज छ । शंकर लामिछानेकै शब्द तथा संगीत रहेको गीतलाई भारतमै पुगेर रेकर्ड गराइएको हो । गीतकार लामिछाने भन्छन्-’तीजका गीत गाउँका झुपडी र काठमाण्डौमा पाँच तारे होटलमा पनि घन्किन्छन् । तर शहरीया पुस्ता नेपाली गीत राम्रो हुँदैन भन्दै हिन्दी गीतमा नृत्य गरिरहेका छन् । यसैले उनीहरुलाई पनि आकषिर्त गर्न मैले एउटै गीतलाई २ शैलीमा रेकर्ड गराएको हुँ । तीज गीतमा गाउँकी मेरी आमाले पनि नाच्छिन् अनि पाँच तारेमा पुगेर दिदीले पनि ।’ ‘बोक्सी’, ‘किन लाग्छ माया’ लगायतका चलचित्रमा अभिनय गरिसेकका कलाकार लामिछानेले विदेशमा पुगे पनि राष्ट्रियता विर्सन नसकिने बताए । यसैले आफूले हिन्दी एल्बम निकालेर पनि महंगो लगानीमा तीजको गीत बजारमा ल्याएको उनको भनाई छ । शंकरले भने-’तीजका २ गीतमा मैले गरेको लगानी मेरो हिन्दी एल्बम प्रमोशनमा खर्च गरेको भए, मलाई धेरै फाइदा हुन्थ्यो । तर मैले मेरो राष्ट्रियता र देशलाई पनि विर्सन हुँदैन ।’ चलचित्रमा अभिनय गर्दै गीतकार तथा संगीतकार शंकर लामिछाने चलचित्रमा अभिनय गर्दै गीतकार तथा संगीतकार शंकर लामिछाने यसैले आफूले नेपालमा आएर कहिले वृत्तचित्र त कहिले एल्बम बजारमा ल्याएको शंकरको कथन छ । साधनाको स्वरमा समावेश गीतलाई शिव वीकले निर्देशन गरेका हुन् भने पूणिर्माले आवाज भरेको गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । २ भिडियोमा अशिष्मा नकर्मी र नम्रता सापकोटाको मोडलिङ छ । एउटै गीतको फरक लयमा अशिष्मा र नम्रताको भिडन्त देखिएको छ । गीत ‘धुम’ एल्बममा समावेश छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template