चिहान बाट लास झिकेर लास लाई सिङ्गारी गाउ घुमाउने पर्ब (फोटो सहित) - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » चिहान बाट लास झिकेर लास लाई सिङ्गारी गाउ घुमाउने पर्ब (फोटो सहित)

चिहान बाट लास झिकेर लास लाई सिङ्गारी गाउ घुमाउने पर्ब (फोटो सहित)

यो संसारमा विभिन्न संस्कृति तथा परम्परा भएका मानिस छन् । यहाँ यस्ता आदिवासीहरु छन् जसको परम्परा तथा संस्कृति अरु मानिसकालागि अनौठो मात्र होइन सुन्दा पनि आङ नै जिरिंग बनाउने खालको हुन्छ ।
इण्डोनेसियाको सुलावेसी प्रान्तस्थित तोराजा जिल्लामा बस्ने एक आदिवासी समुदायले मनाउने एक पर्व यस्तै अचम्मको छ । स्थानीय भाषामा मानेने भनिने उक्त पर्वमा चिहान खोतलेर मानिसको लास निकालिन्छ अनी उक्त लासलाई नयाँलुगा लगाइन्छ ।

हामी कहाँ गाइजात्राको दिन मृतक आफन्तको सम्झना तथा सम्मानमा गाइको प्रतिक बनाएर सहर घुमाउने चलन छ । तर ती आदिवासीहरु भने चिहानबाट साँच्चीकै मृतकको लास निकालेर नयाँ कपडा लगाइदिएर गाउँ परिक्रमा गराउँछन् । हरेक ३ वर्षमा यो पर्व मनाउने गरिँदोरहेछ । मानिस मरेको सयौँ वर्ष किननहोस् उसको आत्मा परिवारसँगै हुने विश्वास उक्त समुदायका मान्छेहरुको छ ।

उक्त समुदायका मानिसहरुले आफन्तजनको निधन भएपछि उसको शवलाई निकै जतन गरेर नकुहिने गरी चिहान बनाएर गाड्छन् । यसरी गाडिएको लासलाई परिवारजनले यो पर्वका बेला निकाल्छन्, नयाँलुगा लगाइदिन्छन्, सिँगारपटार गरिदिन्छन्, गाउँ घुमाउँछन् र फेरी उसैगरी चिहानमै गाडिदिन्छन् ।







Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template