काठमाडौं। उपचारका क्रममा भारतमै निधन भएका श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘कोहिनूर’ले व्यापारिक सफलता भने व्यापक गरेको छ। शुक्रबार देखि प्रर्दशनमा आएको ‘कोहिनूर’ हेर्न मंगलबार पनि सिनेमा हलमा दर्शकको घुंर्इचो लागेको छ। चलचित्रले ५ दिनमा १ करोड ५५ लाख रुपिया उठाईसकेको निर्देसक आकाश अधिकारीले जानकारी दिनुभयो। अधिकारीले हाम्राकुरा डटकमसँग कुरा गर्दै भन्नुभयो “यसरीनै केही दिन दर्शकले साथ दिने हो भने बर्षको सवै भन्दा धेरै अम्दानी गर्ने फिल्म हुन सक्छ।”
देशभरका ६७ वटा फिल्म हलमा ‘कोहिनूर’ लागेको छ। बुधवार मात्रै ७ वटा थप हलमा समेत ‘कोहिनूर’ लागेकव अधिकारीले जानकारी दिनुभयो। काठमाडौंका कुमारी लगायतका हलहरुमा ननस्टप फिल्म चलेको जानकारी दिदै अधिकारीले कतिपय शोहरु भने हाउसफुल भएको समेत उहाँले बताउनुभयो। पोखरामा त विहानको शो हाउसफुल भएर दिउँसोको शो समेतका लागि हाउसफुल भएको उहाँले जानकारी दिनुभएको थियो। उपत्यकामा राम्रो व्यापार गरेको जनाउँदै उहाँले उपत्यका बाहिर पोखरा धरान बुटवल दमक नारायणघाट लगायतका महत्वपूर्ण स्टेशनमा फिल्मले राम्रो व्यापार गरिरहेको बताइएको छ।
श्रीकृष्णको २७ बर्षे कला यात्रामा आफ्नो उत्कृष्ठ फिल्म बनेको आफूसँग शेयर गर्ने गरेको सम्झदै आकाश अधिकारीले भन्नुभयो ‘ श्रीकृष्णले मेरो २७ बर्षिय फिल्म यात्राको सबै भन्दा उत्कुष्ट चलचित्र कोहिनूर भएको बताए जस्तै दर्शकले यो चलचित्रलाई मन पराएर हेर्नुभएको छ।’ श्रीकृष्णको असामयिक निधनले फिल्म हेर्ने दर्शकको संख्या बढेपनि राम्रो चलचित्र बनेका कारण फिल्मप्रतिको आकर्षण बढेको अधिकारीको प्रतिक्रिया छ। अधिकारीले थप्नुभयो ‘यो दुखद घटना नभएकव भएपनि दर्शकले यो चलचित्रलाई मन पराउने ढुक्क थिए।’
‘कोहिनूर’लाई श्रीकृष्णको निमार्ण कम्पनीले निर्माण गरेको थियो। लगानी समेत बफैले गरेका कारण श्रीकृष्णले ‘कोहिनूर’लाई विशेष ध्यान दिएर निर्माण गरेका थिए। उनीले निर्माण गरेको तथा अभिनित फिल्म ‘कोहिनूर’ गत शुक्रबार रिलिज भएको हो। उनको आइतबार बिहान ४७ वर्षको उमेरमा निधन भयो। २०४६ सालमा रिलिज भएको ‘भुमरी’ श्रीकृष्णले क्यामरा फेस गरेको पहिलो फिल्म थियो। उनले ‘हिरो’ का रूपमा भने २०५१ सालको ‘नाता’ फिल्मबाट अभिनय गर्न पाएका थिए।२०५२ सालसम्म रिलिज भएका करिब एक दर्जनजति फिल्मबाट उनी ‘डान्सिङ हिरो’ साबित भइसकेका थिए। ‘झझल्को’, ‘सीता’ र ‘गरीब’ त्यस्ता केही फिल्म हुन्।२७ वर्षको अन्तरालमा श्रीकृष्णले लगभग एक सयभन्दा धेरै फिल्ममा अभिनय गरेका थिए । ‘आफन्त’, ‘आफ्नो मान्छे’ र ‘ए मेरो हजुर’ मा लगातार श्रीकृष्णले सुपरहिट फिल्ममा अभिनय गरेका थिए ।
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!