चरालाई खुवाउन भन्दै लोग्नेको लास नौ महिनासम्म घरमै - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » चरालाई खुवाउन भन्दै लोग्नेको लास नौ महिनासम्म घरमै

चरालाई खुवाउन भन्दै लोग्नेको लास नौ महिनासम्म घरमै

एक जना विधवाले आफ्नो लोग्ने मरेको ९ महिनासम्म शव घरमै राखिन् । यति लामो समयसम्म घरमै लास राख्दा कुहिसकेको भएपनि लोग्नेको चाहना अनुसार लास चरालाई खुवाउनका लागि यसो गरेको उनको दाबी छ । अमेरिकाको इण्डियानाकी इला सोलोमोन नामकी ५४ वर्षीया महिलाले आफ्ना लोग्ने ८८ वर्षीय गेराल्ड गाभानको शव नौ महिनासम्म घरमै राखिरहेकी हुन् । उनको घरमा कुहिएको शव फेला परेपछि उनी विरुद्ध मुद्दा चलेको छ र उनी अहिले सजायको पर्खाइमा छिन् । गएको मे ३ मा प्रहरीले उनको घरबाट उनको लोग्नेको कुहिएको शव बरामद गरेको थियो । Iliana दोश्रो विश्वयुद्दका लडाकु समेत रहेका उनका लोग्ने गेराल्डको मृत्यु भएको स्थान देखाउनका लागि उनले हालै पत्रकारलाई समेत आफ्नो घरमा लगिन् । न्यूज नेट फाइभ सँग उनले भनेकी छिन, ‘एउटा मान्छे जसले अमेरिकाका लागि यति धेरै योगदान गर्यो उसले आफुले चाहे अनुसारको मरण पाउनुपर्छ । उहाँले जिवनको एक चक्रको रुपमा रहन आफ्नो सरीर चराले खाउन् भन्ने चाहनुभएको छ ।’ ‘मेरो लागि दोश्रो योजना उहाँलाई बाहिर लग्नु वा बाहिर मर्न दिनु पथ्र्यो जसका कारण उहाँलाई चराले खान पाउँथे, तर मरण यहाँ भित्र भयो’ उनी भन्छिन् । उनले लोग्नेको मरण भएपछि प्रहरीलाई खबर नगरी घरमै लास राखेर कानून विपरितको काम गरेको ठहर सरकारी अधिकारीको छ । मानिस मरेको थाहा पाएपछि वा लास देखेपछि ३ घण्टाभित्रमा प्रहरीलाई खबर नगर्नु अपराध मानिन्छ । आफुले घरको झ्याल खोलर लोग्नेको लास घरभित्रै राखेको भन्दै उनले झ्यालबाट भित्र छिरेर चराले लोग्नेको लास खाइदेला भन्ने आफ्नो आशा रहेको दाबी उनको छ । आफ्नो लोग्नेको लास केवल ५ दिनदेखि मात्र त्यहाँ राखिएको भएपछि प्रहरीले ९ महिना अगाडि मरेको र कुहिसकेको बताएको उनको जिकिर छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template