तनावले प्रजनन क्षमता ह्रास - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » तनावले प्रजनन क्षमता ह्रास

तनावले प्रजनन क्षमता ह्रास

विगतमा भएका अनुसन्धानले तनावको सम्बन्ध कयौँ प्रकारका स्वास्थ्य समस्यासँग स्थापित गरेका छन् ।  तनावले उत्पन्न गर्ने प्रमुख समस्या भनेको हृदय रोग, दम, मोटोपना, उच्च रक्तचाप र डिप्रेसन हो भन्ने ठानिएको छ ।  यी रोगको सूचीमा एक अर्को समस्यालाई थपिएको छ र त्यो हो प्रजनन क्षमता ह्रास । 


फर्टिलिटी एन्ड स्टेरिलिटी जर्नलमा जनाए अनुसार तनावले गर्दा शुक्राणुको क्षमता कमजोर पर्न जान्छ ।  अमेरिकाको कोलम्बिया विश्वविद्यालय अन्तर्गतको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ तथा रुटजर्स स्कुल अफ पब्लिक हेल्थको संयुक्त अनुसन्धान टोलीले तनावद्वारा शुक्राणु र विर्यको गुणस्तरमा पर्ने प्रभाव बारेमा अनुसन्धान गरेको थियो ।

पुरुषमा प्रजनन क्षमता ह्रासको मुख्य कारण हुन्छ– शुक्राणुको गुणस्तर कम हुनु, शुक्राणु कम उत्पादन हुनु तथा तिनीहरूको गतिशीलता कमजोर पर्नु ।  अण्डकोष राम्रोसँग विकसित नभएको अवस्था तथा अन्य स्वास्थ्य समस्या र जीवनशैलीले शुक्राणुलाई असामान्य बनाउँछ ।  अमेरिकी अनुसन्धान टोलीले सन् २००५ देखि २००८ सम्म ३८ देखि ४९ वर्ष उमेर समूहका एक सय ९३ जना पुरुषमाथि अनुसन्धान गरेको थियो ।

अनुसन्धानको निस्कर्ष अनुसार विगतका वर्षमा दुई वा सो भन्दा बढी पटक ठूलो तनावका दिन बिताएको पुरुषको शुक्राणुको गुणस्तर तुलनात्मक रूपमा कमशल हुने गर्छ ।  कार्यक्षेत्रको तनाव, जागिरको पिरलो तथा अन्य कार्यले उत्पन्न गरेको तनावले पुरुषको प्रजनन क्षमता कमजोर पार्ने अनुसन्धान टोलीको ठहर छ । 

तनावको अवस्थामा शरीरमा ग्लुकोकोर्टिकोइड्स हर्मोन उत्पादन हुने गर्छ ।  स्टेरोइडवर्गमा पर्ने यस हर्मोनले कार्बोहाइड्रेट, चिल्लो र प्रोटिनको पाचनमा प्रभाव पार्नाले यौनसँग जोडिएको हर्मोन टेस्टोस्टेरोनको मात्रा र शुक्राणुको उत्पादन घट्ने गर्छ विशेषज्ञहरूको भनाइ छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template