६ जनासँग सहवासपछि मात्र तन्ना बदल्ने - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » ६ जनासँग सहवासपछि मात्र तन्ना बदल्ने

६ जनासँग सहवासपछि मात्र तन्ना बदल्ने

विद्यार्थी जिवनमा सरसफाइ भन्ने चिजले खासै महत्व राख्दैन । त्यसैले विद्यार्थीहरुलाई फोहोरी जात भनेर नै चिनिन्छ । सहरका घरबेटीहरु पनि विद्यार्थीलाई कोठा भाडामा दिन हिच्किचाउँछन् । हामीकहाँका विद्यार्थीहरु घरबेटीको ट्वाइलेट वा आफ्नो कोठा सफा नगर्ने मामिलामा घरबेटीका अपि्रय छन् । बेलायतमा भने विद्यार्थीहरु सहवासकै मामिलामा निकै फोहोरी रहेकेा पाइएको छ । म्याट्रेस कम्पनी इर्गोफ्लेक्सले हालै बेलायती विद्यार्थीहरुमा गरेको अध्ययनले विद्यार्थीहरुले एक वर्षमा जम्मा ३ पटक मात्र विछ्यौनाको तन्ना फेर्ने गरेको देखाएको छ । आफ्नो उच्च अध्ययनको पहिलो शैक्षिक सत्र अर्थात् सेप्टेम्बर देखि मे सम्मको अवधिमा बेलायती विद्यार्थीले औषतमा केवल ३ पटक मात्र आफु सुतेको ओछ्यानको तन्ना धुने गर्छन् । अर्को गम्भीर कुरा त के भने बेलायती विद्यार्थीहरुले वर्षमा औषतमा १९ जना सँग सेक्स गर्छन् । यो हिसाबले बेलायती विद्यार्थीहरुले औषतमा ६ जनासँग सहवास गरेपछि मात्र तन्ना धुने गरेका छन् । ३ हजार जना विद्यार्थीमा गरिएको सर्भे अनुसार धेरै विद्यार्थीले लामो समयसम्म पनि तन्ना नधुनुको कारण समयको अभाव हुने तथा तन्ना छिटै फोहोर पनि नहुने भएको दाबी गरेका छन् । विज्ञहरुका अनुसार हप्तामा कम्तीमा १ पटक विछ्यौनाको तन्ना फेर्नुपर्छ । अझ छालाको रोग तथा दम रोग भएका हरुले त हप्तामा २ पटक नै तन्ना धुनुपर्छ । सायद बेलायती विद्यार्थीलाई यो कुरा थाहा होला । तर थाहा हुँदाहुँदै पनि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको बानी कति घिनलाग्दो हगि ?




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template