बालकको मुखबाट निकालियो २ सय ३२ वटा दाँत - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » बालकको मुखबाट निकालियो २ सय ३२ वटा दाँत

बालकको मुखबाट निकालियो २ सय ३२ वटा दाँत

मानिसको मुखमा बढिमा ३२ वटा दाँत हुनुपर्ने हो । तर भारतका एक १७ वर्षीय किशोरको मुखबाट भने २ सय ३२ वटा दाँत निकालिएको छ । उनको मुखमा अझै २८ वटा दाँत बाँकी नै छन् । आशिक गावल नामका ती किशोरको मुम्बइकेा एक अस्पतालमा शल्यक्रिया गरि मुखबाट यति ठूलो संख्यामा दाँतहरु निकालिएको हो । निकै पीडाबाट गुजि्ररहेका ती किशोर सुन्निएका गिँजा लिएर गाउँबाट मुम्बइमा आएर अस्पतालमा भर्ना भएका थिए । कम्प्लेक्स कम्पोजिट ओडोन्टोमा भनिने निकै दुर्लभ रोगबाट ग्रसित ती बालकको सोमबार शल्यक्रिया गरिएको हो । डाक्टरहरुका अनुसार यो रोग एक प्रकारको क्यान्सरको अंकुरण जस्तै हो जहाँ एउटै गिजामा धेरै संख्यामा दाँतहरु पलाउँछन् । डाक्टरहरुले शल्यक्रियाको बेला गिजा फुटाएर दाँत निकाल्दा मोति आकारका दाँतहरु एक पछि अर्को गर्दै बाहिर देखिएका थिए । अस्पतालका डाक्टरहरुले मानिसको मुखबाट यतिधेरै संख्यामा दाँत निकालिएको यो विश्वकै पहिलो रेकर्ड भएको दाबी गरेका छन् । अब छिटै उनका गिजाहरु निको हुने र बाँकी रहेका दाँतहरु प्नि कामलाग्ने अवस्थामा आउने डाक्टरहरुले बताएका छन् । तर विज्ञहरुले भने उनको गिजाबाट फेरि पनि असंख्य मात्रामा दाँत पलाउन नरोकिने खतरा रहेकेा बताएका छन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template