आगोभित्र वसेर वार्ता गर्नुको कुनै अर्थ छैन :-इजरायली प्रधानमंत्री नेतान्याहो - - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » आगोभित्र वसेर वार्ता गर्नुको कुनै अर्थ छैन :-इजरायली प्रधानमंत्री नेतान्याहो -

आगोभित्र वसेर वार्ता गर्नुको कुनै अर्थ छैन :-इजरायली प्रधानमंत्री नेतान्याहो -

एवान न्यूज इजरायल , अन्तराष्ट्रिय संचार माध्यामहरूको सहयोगमा तयार पारिएको , इजरायली प्रधानमंत्री वेन्जामिन नेतन्याहोले तेलअभिवमा आयोजित मंत्रीमंडलको साप्ताहिक वैठकको क्रममा इजरायलले इजिप्टको मध्यस्तथामा हमाससंगको वार्तामा लामो समय विताईसकेको तर हमासले रकेट र मोर्टार सेल प्रहार गर्न नछोडेकोले अव वार्तामा वस्नुको अर्थ नरहेको वताएका छन् । नेतन्याहोले इजरायल आगोभित्र वसेर वार्ता नगर्ने वताउदै इजरायली सेना फर्किसकेको अवस्थामा पनि आक्रमण नरोकिएपश्चात अव आफ्नो लक्ष पुरा नगरेसम्म अपरेशन जारी रहने जनाएका छन् । सोही क्रममा उनले आफुले अपरेशनको दौरानमा अहिलेको युद्द समाप्तीको लागी केही समय लाग्नेछ तर शहनशक्ति र धैर्यताको जरूरी रहेको वताएको स्मरण गराए । हमास- इजरायल युद्द चलेको एक महिना वितिसकेको छ भने युद्द समाप्तिको कुनै संकेत अझै न्यून रहेको देखिन्छ । आईतवार पनि गाजापट्टीवाट लगातार रकेट प्रहार भईरहेकोले इजरायलका विभिन्न भागहरूमा साईरन वजिरहेका छन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template