

तिम्ल्याहा सन्तान भनेपछि जिउडाल र रुपरंग एउटै हुने नै भयो । एकअर्कोलाई चिन्ने कुनैपनि त्यस्तो चिन्ह जिउमा नभएका कारण करीनलाई छोरी नचिनेर आपत भएको छ । यसको समाधान पनि उनले निकै चतुराइँ पूर्वक निकालेकी छिन् । उनले आफ्ना छोरी चिन्नका लागि हरेकका खुट्टाका नङमा फरक फरक नङपालिस लगाइदिने गरेकी छिन् ।
डेलीमेलमा छापिएको खबर अनुसार साउथ वेल्सको पोन्टीपूलमा बस्ने करीनका तिन बहिनी तिम्ल्याहा मध्ये एउटीको नाम फिओन, अर्कीको नाम म्याडिसन र अर्कीको नाम पेज छ । उनीहरु दुरुस्तै छन् त्यसैले उनीहरुलाई चिन्नका लागि आमा करीनले हरेक ३ दिनमा छोरीहरुको खुट्टामा नङपालिस लगाइदिने गरेकी छिन् ।
पेजलाई वैजनी, म्याडिसनलाई हल्का हरियो र फिओनलाई रातो रङको नङपालिस लगाइदिइएको छ । खुट्टाको नङपालिस हेरेर मात्रै कुन छोरी को हो भन्ने चिन्न सक्छन् आमा बुवा ।
triplet2
‘उनीहरु उस्ता उस्तै छन्, हामीले कहिल्यै पनि उनीहरुलाई छुट्टाउन सकेनौँ’, करीन भन्छिन् । छोरीहरुलाई चिन्न उनीहरुले यसअघि विभिन्न उपाय नअपनाएको होइनन् तर केहीपनि काम लागेनन् । सुरुमा उनीहरुले फरक फरक ब्रासलेट लगाइदिए तर ती पनि कहिले झर्ने त कहिले बढि कसिने कारणले काम लागेनन् ।
बामे नसरुन्जेल फरक फरक गुन्द्रीमा सुताइदिएर पनि छोरीहरु चिन्ने कोसिस नगरेका होइनन् । तर बामे सर्न थालेपनि एउटी अर्की सुतेको गुन्द्रीमा गएपछि त्यो आइडियाले पनि काम गरेन । मार्कर पेनले पाइतालामा लेखेर छुट्टाउने कोसिस गरे तर गर्मी याममा त्यो पनि काम लागेन ।
तर अन्ततः उनीहरुले चिकित्सकको सल्लाहमै छोरीहरुको नङमा पालिस दलिदिने जुक्ति अपनाएका छन् । अहिलेसम्म त यसले काम गरेकै छ, तर कति कामयावी हुनेहो त्यो हेर्न बाँकी नै छ ।
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!