
उत्तर कोरियाली शासक किम जोङ उनलाई एक पागलको रुपमा प्रस्तुत गरिएको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । उक्त भिडियोमा किमका विभिन्न खाले चर्तिकला प्रस्तुत गरिएको छ, जसमा उनी कहिले ओबामासँग डिस्को नाचिरहेका हुन्छन् त कहिले लादेनसँग हातमा हात मिलाएर ।
अरु कसैको जिउमा किम तथा ओबामा र लादेन लगायतको टाउको जोडेर तयार पारिएको उक्त भिडियोमा ओबामा र किमबीचको कुङ फु भिडन्त, बन्दुक हान्ने तथा अन्य विभिन्न खाले रोचक अन्तरक्रिया समावेश गरिएको छ ।
यतिमात्र कहाँ हो र भिडियोमा अमेरिकी राष्ट्रपति ओबामा र रुसी राष्ट्रपति पुटिनबीचको बक्सिङ खेलपनि देखाइएको छ । उक्त खेलमा रेफ्रीको भूमिकामा राष्ट्रसंघका महासचिव बान की मून रहेका छन् ।
चीनको सुन्झोका बासिन् झांगले तयार पारेर इन्टरनेटमा अपलोड गरेको यो भिडियो यु ट्युबमा मात्र साढे ५ लाखले हेरिसकेका छन् ।
उता उत्तर कोरियामा भने यो आपत्तिजनक भिडियोले तहल्का मच्चाएको छ । यो भिडियोले आफ्ना सर्वोच्च नेताको मानमर्दन गरेको ठहर उत्तर कोरियाले गरेको बताइएको छ ।
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!