
आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र १ गते आइतबार, तदनुसार अगस्त १७ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको सप्तमी तिथि १३ घटि ८ पला अर्थात बिहानमा १० बजेर ५१ मिनेटसम्म त्यस उप्रान्त अष्टमी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा मेष राशिमा ४२ घटि ० पला अर्थात रातिमा १० बजेर २३ मिनेटसम्म त्यसउप्रान्त वृष राशिमा प्रवेश गर्नेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३५ मिनेटमा रौद्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ३८ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ, यात्रा फलदायी, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउने, चिन्ता पर्ने समाचार सुन्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टमित्रसँग भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य अधुरा रहनेछन, छोराछोरीले सताउने, वायू रोगको संक्रमण हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानिको योग रहेकोछ, अपजस आइ लाग्ने, मानसिक असन्तोष दिन खराब छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, मन चञ्चल रहनेछ, पेट रोग लाग्ने, सतर्क रहनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ, सबै काममा सफलता, समयको सदुपयोग गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शोक पर्ने समाचार सुन्नुपर्ला, एक्कासी विवाद पर्ने, नकारात्मक सोचाइले शत्रुबढ्ने जनताबाट पनि नोक्सानीमात्रै हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धन प्राप्ति, सबै प्रकारको कार्यमा सफलता, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, साथीभाइको सहयोग पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने, काम अधुरा रहनेछन, स्वास्थ्य राम्रै रहेपनि मनमा अशान्ति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसिक पीडा थपिनेछ, प्रेममा विछोड हुन सक्नेछ, आयश्रोत घट्ने, पारिवारिक झमेलाले पेशाप्रति रुचि घट्नेछ ।
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल भाद्र १ गते आइतबार बिहान ५:३५ बजेदेखि ७:०५ बजेसम्म उद्वेग बेला, बिहानमा ७:०५ बजेदेखि ८:३५ सम्म चर बेला, बिहानमा ८:३५ बजेदेखि १०:०५ बजेसम्म लाभ बेला, बिहानमा १०:०५ बजेदेखि ११:३५ बजेसम्म अमृत बेला, बिहान ११:३५ बजेदेखि दिनमा १२:०५ बजेसम्म काल बेला, दिनमा १२:०५ बजेदेखि २:३५ बजेसम्म शुभ दिनमा २:३५ बजेदेखि ४:०५ बजेसम्म रोग साँझ ४:०५ बजेदेखि ५:३५ बजेसम्म उद्वेग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज कालयोग परेकाले कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा ४:३० बजेदेखि ६:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!