विश्वको सबैभन्दा भयानक फौजी तालिम - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » विश्वको सबैभन्दा भयानक फौजी तालिम

विश्वको सबैभन्दा भयानक फौजी तालिम

सैनिक तालिम भनेपछि त्यो कडा हुनु स्वभाविकै हो । तर विश्वका केही सैनिक तालिम भने यतिधेरै कडा तथा भयानक छन् कि सुन्दैमा आङ जिरिङ्ग हुन्छ । कोब्रा गोल्ड विश्वकै सबैभन्दा भयानक सैनिक तालिम हो भन्दा फरक पर्दैन । अमेरिका र थाइल्याण्ड लगायतका देशको संयुक्त सैनिक तालिम सन् १९८२ देखि चल्दै आएको छ जुन थाइल्याण्डको जंगलमा गरिन्छ । यो तालिमको उद्देश्य सैनिकलाई हरेक परिस्थितिसँग जुध्न सक्षम बनाउनु नै हो । cobra2 यो खतरनाक तालिम यति भयानक छ की तालिममा भाग लिने सैनिकहरुले तिर्खा लाग्दा पानी होइन सर्पको रगत पिउनुपर्छ । तिर्खा लागेको बेला सैनिकलाई कोब्रा सर्पको रगत दिइन्छ । भोक लागेको बेला पकाएका परिकार होइन जिउँदो कुखुरा खानुपर्छ । भोक शान्त पार्नका लागि जिउँदो कुखुरालाई मारेर आफै च्यातेर खानुपर्छ सैनिकले । यो तालीममा वर्षेनी ११ दिन सम्म चल्छ र त्यसमा अमेरिका, थाइल्याण्डका साथै सिंगापुर, इण्डोनेसिया, जापान, दक्षिण कोरिया र मलेसियाका सैनिक सहभागी हुन्छन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template