गर्ने हो चकलेटमा पि एच डी ? - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » गर्ने हो चकलेटमा पि एच डी ?

गर्ने हो चकलेटमा पि एच डी ?

चकलेटमा विद्यावारिधी गर्ने चाहना छ ? त्यो पनि बेलायतमा ? खान पनि पाइने, डाक्टर पनि बनिने । कत्ति मज्जा हगि ? हो, सुन्दा स्वप्निल अवसर जस्तो लाग्ने यो कुरा यथार्थ हो । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले यस्तो अवसर प्रदान गर्दैछ । क्याम्ब्रिजले चकलेटको विषयमा विद्यावारिधी गर्न इच्छुक अनुसन्धानकर्ताको लागि विज्ञापन खुलाएको छ । विज्ञापन अनुसार आवेदन गर्नेबाट छनोट हुने एक जना उमेद्वारलाई विश्वविद्यालयले पिएचडीको लागि छात्रवृत्ति उपलब्ध गराउनेछ । उक्त पिएचडी शोध तातो मौसममा चकलेट पग्लिनबाट कसरी रोक्न सकिन्छ ? भन्ने रहनेछ । विश्वविद्यालयको रसायनिक इन्जिनियरिङ तथा जैविक प्रविधि विभागले यो परियोजना अघि सारेको हो । यसमा विद्यावारिधी गर्ने शोधकर्ताले चकलेटलाई गर्मी मौसममा समेत नपग्लिने र ठोस रहन कुन तत्वले सहयोग पूराउँछ भन्ने विषय पत्ता लगाउनुपर्नेछ । साथै तापक्रम सहने चकलेटको उत्पादन कसरी गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउनुपर्नेछ । सामान्यतया मानिसको सरीरको तापक्रम जत्तिकै तातोमा समेत पग्लिने चकलेट सामान्य गर्मी सुरु भएपछि समेत पग्लिएर गिलो हुने भएका कारण चकलेट कम्पनीहरुलाई टाउको दुखाइ बन्ने गरेको छ । चकलेट पग्लिएकै कारण धेरै चकलेट कम्पनीलाई बेलाबेलामा घाटा समेत लाग्ने गरेको र उपभोक्ताको रुची घट्ने गरेको पाइएको छ । विश्वविद्यालयको वेबसाइटमा राखिएको जागिरको विज्ञापनमा भनिएको छ ‘शोधकर्तामा मुख्यतया प्रायोगिक चुनौति पार गर्न राम्रो गणितीय सिप हुनु आवश्यक छ ।’ चकलेटमा पि एच डी गर्न चाहनेले अगष्ट २९ सम्ममा आवेदन गरिसक्नुपर्नेछ । दुखको कुरा तपाइँ हामीले भने यसमा आवेदन गर्न पाउनेछैनौँ । विश्वविद्यालयले केवल युरोपेली देशका नागरिकका लागि यस्तो विज्ञापन गरेको हो ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template