दमरोगीलाई जिउँदो माछा अचुक औषधि! - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » दमरोगीलाई जिउँदो माछा अचुक औषधि!

दमरोगीलाई जिउँदो माछा अचुक औषधि!

भारतको दक्षिणी भागमा वार्षिक रूपमा गरिने दमको पराम्परागत उपचार गर्न आएका हजारौं बिरामी लाइनमा बसेर पनि नाक खुम्च्याउँदै आँखाभरि आँसु बनाएर जिउँदो माछा निल्छन्। मुलुकको दक्षिणी भागमा रहेको हैदरावाद नगरमा प्रत्येक जुन महिनामा दमका बिरामी पहेँलो जडीबुटीसहित जिउँदो माछा निल्न भेला हुन्छन्। उनीहरू यसका कारण सास फेर्न सजिलो हुने विश्‍वासमा छन्। उपचार विधिअनुसार बिरामीको घाँटीमा करिब दुई इन्च लामो माछा घुसाइन्छ। यो उपचार बठिनी गौठका परिवारले गर्ने गरेको छ र यस माछाले बिरामीको घाँटी सफा गरी दम तथा श्‍वासप्रश्‍वासको अन्य रोग स्थायी रूपमा निको हुन्छ। यो परिवारले प्रयोग गर्ने जडीबुटीको गोपनीयता बताउन अस्वीकार गरेका छन्। उनीहरूले यो कुरा सन् १८४५ मा एक हिन्दु साधुले दिएको बताएका छन्। यस उपचारमा आमाबाबु आफ्ना छोराछोरीलाई रुवाएर भए पनि उनीहरूको मुख खोल्न लगाउँछन्। अन्य भने आफ्नो नाक तथा आँखा बन्द गरेर माछालाई सकेसम्म घाँटीभित्र पसाउन चाहन्छन्। दुई दिनसम्म सञ्चालन हुने यो उपचार नि:शुल्क रहेको छ र यसका लागि भारतभरिबाट बिरामी आउने गर्छन्। उपचारको दिन भने जुन महिनामा मनसुन आरम्भ भए पनि निर्धारण हुन्छ। अधिकारवादी समूह तथा चिकित्सकहरूले भने यो यो उपचारविधि वैज्ञानिक नभएको, यसले मानव अधिकार उल्लंघन गर्ने गरेको, स्वस्थ नभएको आरोप लगाउने गरेका छन्। यी आरोपलाई यस परिवारले अस्वीकार गरेको छ। भारत सरकारले भने यो उपचार प्राप्त गर्न चाहने व्यक्तिका लागि हरेक वर्ष विशेष रेल सेवाको व्यवस्था गर्ने गरेको छ। साथै उपचारस्थलमा भीड नियन्त्रण गर्न थप प्रहरीको व्यवस्था गरिन्छ। यो माछा सेवन गरेपछि बिरामीलाई ४५ दिनसम्म आफ्नो आहार कडा रूपमा नियन्त्रण गर्न भनिन्छ। -रासस/एएफपी




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template