नुनपानीमा डुबाएर प्रयोग गरौं विषादीयुक्त तरकारी - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » नुनपानीमा डुबाएर प्रयोग गरौं विषादीयुक्त तरकारी

नुनपानीमा डुबाएर प्रयोग गरौं विषादीयुक्त तरकारी

काठमाडौं : सामान्य विषादीयुक्त तरकारीलाई घरेलु विधि अपनाएर खानयोग्य बनाउन सकिने विज्ञले बताएका छन्। तरकारीको गुदीभित्र प्रवेश गरेको विषादी अवशेष भने हटाउन सकिँदैन। काभ्रेको बालुवा-३ आँपघारीकी किसान विषादीमा गोलभेडा डुबाउने तयारी गर्दै। तस्बिर सौजन्य : बाली विकास निर्देशनालय राजधानी भित्रिने आलु तथा सबै प्रकारका हरियो तरकारीमा विषादी भेटिएपछि उपभोक्ता आतंकित भएका छन्। बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले सामान्य विषादीयुक्त तरकारीलाई सय ग्राम पानीमा दुई प्रतिशत नुन मिसाएर करिब १५ मिनेट डुबाएर पखाल्दा करिब ७० प्रतिशत बिषादी नष्ट हुने बताए। यसैगरी तरकारीको बोक्रा निकालेर सफा पानीमा दुईतीनपटक पखालेर उपभोग गर्दा पनि विषादीको प्रभावबाट बच्न सकिने शर्माले बताए। उनका अनुसार धेरै टल्किने र आवश्यकभन्दा बढी ताजाजस्तो देखिने तरकारीमा विषादी प्रयोग भएको हुनसक्छ। विषादीबाट बच्न सलादका रूपमा बोक्रासहित खाने बानी परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। उनले सबैखाले तरकारीका बोक्रा निकालेर सफा पानीमा पखालेपछि मात्र खान सल्लाह दिए। तरकारीमा विषादीको निषेध दर ३५ प्रतिशतसम्म भेटिए उपभोग गर्दा कुनै हानि नहुने उनको भनाइ छ। '३५ देखि ४५ प्रतिशत निषेध दर फेला परेको तरकारीलाई केही दिन फ्रिज तथा घाम र हावा लाग्ने ठाउँमा राखेर तीनचारपटक सफा पानीले पखालेपछि उपभोग गर्न मिल्छ', उनले भने। निषेध दर ४५ प्रतिशतभन्दा बढी भेटियो भने कुनै पनि हालतमा उपभोग गर्नुहुँदैन। मानव शरीरमा प्रवाह हुने रगत सक्रिय हुन विषादीको परिमाणले रोक्ने दरलाई निषेध दर भनिन्छ। नेपाल कृषि अनुसन्धान परिषद्स्थित किटविज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक अनिसुर रहमान अन्सारीले चाँडै नबिग्रिने तरकारी किनेपछि केही दिन राखेरमात्र प्रयोग गर्नुपर्ने बताए। उनका अनुसार विषादीको धेरै अवशेष तरकारीको बाहिरी भागमा हुने भएकाले केही दिन राख्दा ८० प्रतिशतसम्म विषादी नष्ट हुन्छ। पछिल्लो समयमा धादिङ, काभ्रे, चितवन, सर्लाहीलगायतका ठाउँमा उत्पादित आलु, बोडी, काउली, भान्टा, फर्सीका मुन्टा, खुर्सानीलगायतका तरकारीमा विषादी भेटिएको छ। यसैबीच राष्ट्रिय उपभोक्ता मञ्चले केही व्यपारीले अग्र्यानिकका नाममा विषादीयुक्त तरकारी तथा फलफूल बेच्दै आएको आरोप लगाएको छ। संस्थाका अध्यक्ष प्रेमलाल महर्जनले शनिबार विज्ञप्ति जारी गरी अग्र्यानिक तरकारीका नाममा बेलुका विषादी मिसाएर भोलिपल्ट दिनभरि तरकारी तथा फलफूल बिक्री भइरहेको जनाएका छन्।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template