कोशीमा पानीको बहाव यो वर्षकै उच्च - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » कोशीमा पानीको बहाव यो वर्षकै उच्च

कोशीमा पानीको बहाव यो वर्षकै उच्च

२९ साउन, सुनसरी । केही दिनयताको अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । विहीबार विहान सप्तकोशी नदीमा पानीको बहाव २ लाख ६५ हजार १ सय ९६ प्रतिसेकन्ड क्युसेक मापन भएको हो । Koshi Baragageपानीको बहाव २ लाख क्यूसेकमाथि पुगेपछि कोशीका ३८ ढोका खोलिएको छ । पानीको बहाब उच्च् भएपछि कोशी ब्यारेजको दुवैतर्फ खतराको सूचना दिन रातो झन्डा गाडिएको छ। बिहीबार विहान मापन गरिएको पानीको बहाव बहाव २०६५ सालमा पूर्वी तटबन्ध फुट्दाको भन्दा धेरै हो । पानीको बहाव बर्षकै उच्च भएको अवस्थामा कोसी ब्यारेजका ५६ ढोका मध्ये ३८ ढोका मात्र खोलिएका छन्। भारतको नियन्त्रणमा रहेको कोशी ब्यारेजमा पानीको बहाव २ लाख क्यूसेक नाघेपछि सबै ढोका खोल्नु पर्ने स्थानीयले माग गरेका छन्। सप्‍तकोशीमा पानीको बहाव बढेपछि सुनसरीको महेन्द्रनगर, हरिपुर, प्रकाशपुर रबराहक्षेत्र गाविसकाकोशीप्रभावित गाविसका खेतियोग्य जमिन डुबानमा परेका छन्। कोशी व्यारेजले प्रति सेकेन्ड ९ लाख क्यूसेक पानी धान्न सक्ने गरी बनाइएको थियो । २०६५ भदौ २ गते १ लाख ६८ प्रतिसेकेन्ड क्युसेक पानीको बहाव भएकाले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काउँदै सप्तकोशीले सुनसरीका ४ वटा गाविस डुबाएको थियो । भारतको विहारमा पनि कोशीले उठीबास लगाएको थियो ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template