Pages

राष्ट्रपति र मैले माघ ८ पछि पद छोड्छौं : प्रम कोइराला

०७१ भदौ-५, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गते संविधान जारी गरेपछि आफु र राष्ट्रपति डा. रामबरण यादव दुबैले पद छोड्ने घोषणा गरेका छन् । सत्ता साझेदार एमालेले राष्ट्रपति संसद्बाट अनुमोदन हुनुपर्ने अडान राख्दै आएका बेला कोइरालाले संविधान जारी नभएसम्म त्यता लाग्न नहुने भन्दै यस्तो घोषणा गरेका हुन् । ‘माघ ८ गते संविधान जारी भएपछि राष्ट्रपतिले पनि पद छोड्नुहुन्छ,म पनि बसिरहन्न छोडिहाल्छु ’ प्रधानमन्त्री कार्यालयमा बुधबार विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिने क्रममा कोइरालाले भने ,‘अहिले राष्ट्रपतिको अनुमोदन गर्ने भनेर बखेडा झिक्न हुँदैन ।’उनले सत्ता साझेदार र विपक्षिबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाबाट अनुमोदन गर्नु पर्ने आवाज आइरहे पनि अहिलेको अबस्थामा एउटा मर्यादित संस्थालाई त्यसतर्फ लैजान नहुने बताएका छन् । राष्ट्रपति व्यक्ति होइन संस्था हो,’ उनले भने,‘यो संस्थालाई विवादमा नपारौं ।’उनले संस्थागत हुँदै गएको निकायलाई अनुमोदन गर्ने –नगर्ने भनेर विवादमा तान्न नहुने पनि बताए ।

No comments:

Post a Comment