एउटै रुखमा फलाइयो ४० प्रकारका फल(भिडियो सहित) - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » एउटै रुखमा फलाइयो ४० प्रकारका फल(भिडियो सहित)

एउटै रुखमा फलाइयो ४० प्रकारका फल(भिडियो सहित)

एक रुखमा एकै जातको भएपछि आखिर एउटै जातको फल नै फल्छ । तर अमेरिकामा भने ४० प्रकारका फल फल्ने रुख बनाइएको छ । एक अमेरिकी कलाकारले यस्तो रुखको सिर्जना गरेका छन् जसले आरु, आलुबखडा लगायतका विभिन्न ४० थरी हाडे फल फलाउँछ । साइराक्यूज विश्वविद्यालयको मानवीकि विभागका प्राध्यापक साम भान आकेनले सुरु गरेको ४० फलको रुख नामक परियोजना अन्तरगत यस्तो रुख तयार पारिएको हो । हालैमात्र उनले इडेन नामको यो परियोजना सम्पन्न गरेका छन्, जसलाई उनले खेति, मूर्ति र संरक्षणको त्रिवेणी मान्छन् । न्युयोर्कमा रहेको एक बगैँचा आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेपछि उनले सबै खाले विरुवालाई एउटै रुखमा सारेर एकरुखे बगैँचा तयार पार्ने परियोजना थालेका हुन् । त्यस क्रममा उनले विभिन्न रुखका हाँगालाई एउटै रुखमा कलमी गरेर सारे । ती मध्ये कतिपय फल लोप हुनै लागेका प्रजातिका पनि रहेका छन् । उनले बनाएको यो साँच्चीकै रुखमा अनेक थरि फूल फुल्ने र फल फल्ने गर्दा वर्षभरि नै रोमाञ्चक देखिन्छ ।एजेन्सी




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template