होटलमा सुनका ओछ्यानः एक रातको ४५ लाख - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » होटलमा सुनका ओछ्यानः एक रातको ४५ लाख

होटलमा सुनका ओछ्यानः एक रातको ४५ लाख

जिउमा एक क्विन्टल भन्दा पनि बढि तौलको ट्युमर लिएर दुखपूर्ण जिन्दगी बाँचिरहेका एक चिनिया पुरुषले नयाँ जिन्दगी पाएका छन् । विश्वकै सबैभन्दा ठूलो ट्युमर मानिएको १ सय १० किलोको ट्युमर शल्यक्रियाबाट हटाउन डाक्टरहरु सफल भएका हुन् । चीनको सांग्जी प्रान्तका ३७ वर्षीय यांग जियानविनको खुट्टानेर यत्रो बडेमाको ट्युमर थियो । जन्मिँदा ढाडको तलपट्ट िकालो चिनो रहेका यांगको त्यो ९ वर्षको हुँदाखेरिबाट बढ्न थाल्यो । उनी १२ वर्षको हुँदा त्यो ट्युमरको रुपमा ठूलो आकारको भयो र त्यसलाई हटाउन सर्जरी गरियो पनि । तर सर्जरी गरेर काटेर फ्याँकेपनि उनको ट्युमर पलाउन छाडेन र त्यो बढ्दै जाँदा १ सय १० केजीको पुग्यो । अन्ततः बेइजिङ अस्पतालमा उनको विशेष शल्यक्रिया गरि भिमकाय ट्युमर हटाउन डाक्टरहरु सफल भए । शल्यचिकित्सक टोलीका प्रमुख चेन मिनलियाङका अनुसार यांग न्युरोफिब्रोम्याटोसिस नामको रोगबाट ग्रसित छन् । त्यो रोग लागेका मानिसहरुमा कोष तथा तन्तुहरु अनियन्त्रित रुपमा वृद्धि हुन्छन् । १६ घण्टासम्म ९ जना डाक्टरहरुले अनवरत प्रयास गर्दै उनको ट्युमर काटेर फ्याँकिदिएका छन् । अपरेशनका क्रममा उनलाई ५ लिटर रगत दिइएको थियो, जुन एकजना मानिसको सरीरमा हुने पूरै रगतको मात्रा भन्दा पनि बढि हो । उनले अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् र यो महिनाको अन्तिममा उनलाई डिस्चार्ज गरिने बताइएको छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template