कलाकारको गाईजात्रा व्यंग्यमा मोदीदेखि ऋषि धमलासम्म (भिडियोसहित) - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » कलाकारको गाईजात्रा व्यंग्यमा मोदीदेखि ऋषि धमलासम्म (भिडियोसहित)

कलाकारको गाईजात्रा व्यंग्यमा मोदीदेखि ऋषि धमलासम्म (भिडियोसहित)

काठमाडौं, श्रावण २६ । गाईजात्राको अवसरमा आज विभिन्न कलाकारहरुले पनि हास्यव्यंग्य गरेर रमाइलो गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा उनीहरुले समाजमा भएको विकृति, विसंगति र नेपालका नेताहरुप्रति व्यंग्य गरेका छन् । नेताहरुप्रति यथार्थझैं लाग्ने व्यंग्यले दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएको थियो । कलाकार दिपकराज गिरी, सिताराम कट्टेल, कुञ्जना घिमिरे, मनोज गजुरेल, जितु नेपाल, दमन रुपाखेती शिव पौडेललगायतका कालाकारले व्यंग्य गरेका थिए । गाईजात्राा नेवार समुदायले मात्र मनाउँदै आएकोमा अहिले सबैको साझा पर्व भएको भन्दै उनीहरुले दिवंगत भएकाहरुको आत्माले मुक्ति पाओस् भन्ने कामना गरे । उनीहरुले कलाकार तथा नेपाली फिल्म क्षेत्रका सदाबाहार र असल नायक श्रीकृष्ण श्रेष्ठको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दे उनको सम्झनामा गाईजात्रा मनाउने निर्णय पनि गरेका छन् ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template