२२ साउन, सप्तरी । कथित बोक्सीको आरोपमा सप्तरीको जमुनी मधेपुरा गाविसमा एक महिला कुटिएकी छिन् । जमुनी मधेपुरा गाविस-६ छपकी टोलकी ३२ वर्षीया मरियम खातुनलाई बोक्सीको आरोपमा स्थानीय अजिजले कुटपिट गरेका हुन् ।
विगत केही दिनदेखि बोक्सीको आरोप लगाउँदै निजले आफूलाई गालीगलोज गर्दै आएकोमा बुधबार साँझ ७ बजेतिर खेतमा काम गरी फर्किरहेको समयमा कुटपिट गरेको पीडित खातुनले बताइन् । कुटपिटबाट घाइते खातुनको स्थानीय गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको पिठयूँ, टाउको तथा मुखमा गम्भीर चोट रहेको चिकित्सकहरुले बताएका छन् ।
पति रहिम रोजगारीको सिलसिलामा विदेशमा रहेकाले अजिजसहितकाले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको खातुनको भनाइ छ । यसअघि साउन १५ गते सप्तरीको नकटी रायपुर गाविस-६ निवासी पवित्रादेवी यादवलाई स्थानीयले बोक्सी भन्दै कुटपिट गरेका थिए । रासस
बोक्सीको आरोपमा महिला कुटिइन्-

Labels:
समाचार

0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!