Pages

गर्मीमा छाला चम्काउने अचुक उपाय यस्तो छ

गर्मी ज्यादै बढेकाले चर्को घामले गर्दा छालामा विभिन्‍न समस्या आउन सक्छन्। छालामा सर्नबर्न हुने, चायापोतोलगायतका समस्याले पनि सताउन सक्छ। यही कारणले गर्दा यस मौसममा यी विभिन्न प्याकहरूलाई अनुहारमा लगाएर आफ्नो छालालाई सुन्दर र चम्किलो बनाउन सकिन्छ। : सुन्तलाको बोक्रालाई सुकाएर पिस्ने। दुई चम्चा सुन्तलाको बोक्राको धूलोमा एक चम्चा बदामको धूलो हाल्ने। यस मिश्रणमा एक चम्चा बोरिक पाउडर र रोजवाटर मिसाई प्याक बनाउने। यस प्याकलाई अनुहारमा लगाएर १५ देखि २० मिनेटसम्म राख्ने र सफा पानीले पखाल्ने। : आलुको रस, मह, कागतीको रस, नरिवलको धूलोमा गुलाब जल हालेर बनाइएको प्याकलाई अनुहारमा दल्ने र केही समय राखेर पानीले अनुहार धुने। : नीमको धूलो, मह र चन्दनको धूलोमा गुलाबजल हालेर राम्रोसँग फिटेर प्याक बनाउने। : काक्रोको टुक्रालाई पिसेर त्यसमा कागतीको रस हालेर बनाएको प्याकलाई दुई घन्टासम्म अनुहारमा राखेर राम्रोसँग मुख धुने। यो प्रक्रियालाई नियमित रूपमा गर्नाले चायाबाट छुट्कारा पाउन सकिन्छ। : तैलीय छालाको लागि भने बन्दाको रसमा जौको पीठो मिसाएर बनाएको प्याक लगाउनाले फाइदा हुन्छ। : एक चम्चा मैदा, एक चम्चा बेसारमा थोरै गाँजरको रस र पाँच छ थोपा कागतीको रस मिसाएर बनाएको प्याकलाई अनुहारमा लगाउनाले छाला सफा र चम्किलो हुन्छ। : बेसारमा दही मिसाएर बनाएको प्याकले पनि अनुहारको छालालाई सुन्दर र चम्किलो बनाउँछ

No comments:

Post a Comment