यी हुन शरीरको तौल नबढाउने खाना - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » यी हुन शरीरको तौल नबढाउने खाना

यी हुन शरीरको तौल नबढाउने खाना

के तपाईं तौल घटाउने विचारमा हुनुहुन्छ? तर, कार्यालयमा कम्प्युटरमा बसेर काम गर्न विवश हुनुहुन्छ भने तपाईंले तेलयुक्त खानेकुरा, चिप्स, प्याकेटका खानेकुरा खाने बानी त्याग्नुपर्छ। तौल नबढाउने हो भने निम्न प्रकारका खाना खान सकिन्छ : जौको बिस्कुट : आफ्नो तौल धेरै भएर चिन्तित हुनेहरूले जौको बिस्कुट खानुपर्छ। जौमा क्यालोरी थोरै हुन्छ। यस्तो बिस्कुट कार्यालयमा लिएर जान सकिन्छ। तर, दिनको तीनचारवटाभन्दा बढी खानु हुँदैन। उसिनेको अन्डा : हामीले उसिनेको अन्डाको फाइदाका बारेमा धेरै सुनेका छौं। अन्डामा धेरै प्रोटिन पाइन्छ। कार्यालय जाँदा अन्डा लिएर जान सकिन्छ। यसलाई अन्य सलादसँग मिसाएर पनि खान सकिन्छ। बदाम : बदाम स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। काममा व्यस्त भए पनि केही बदाम, सुकेको अंगुर र दुईतीनवटा काजु खाँदा भोक मेटाउनुका साथै फिट रहन पनि मद्दत गर्छ। पपकर्न : पपकर्न एक प्रकारको स्वस्थ खाजा हो। यो जति खाए पनि चिन्ता मान्नु पर्दैन किनकि यसले तौल बढ्दैन अनि भोक मेटाउन सहयोग गर्छ। बोकेर हिँड्न पनि सजिलो हुन्छ। उसिनेको मकै : मकै भिटामिन 'सी'को उत्तम स्रोत हो। निरन्तर मकै खाँदा स्वस्थ रहन मद्दत गर्छ। कार्यालय जाँदा उसिनेको मकै बोक्न सकिन्छ। यसमा बटर, नुन, खुर्सानीको धुलो र कागती लगाउँदा स्वादिलो हुन्छ। उसिनेको मकै मन पर्दैन भने पोलेको मकै पनि खान सकिन्छ। सुप वा जुस : शुद्ध भेज सुप वा जुसले भोक मेटाउनुका साथै काममा स्फूर्त बनाउँछ। टुसा उम्रेको गेडागुडीको सलाद : आफूलाई मन पर्ने गेडागुडी उमारेर त्यसलाई उसिन्ने अनि नुन र मरीच मिसाएर सलादका रूपमा कार्यालयमै बसेर खान सकिन्छ। फलफूल: कार्यालय जाँदा केही फलफूल बोक्ने गर्नुस्। एउटा सुन्‍तला या स्याउ भ पनि बोक्‍नुहोस्। यसले स्‍वस्‍थ बनाई पेट भोको हुन दिँदैन। कामपछि कसरत गर्न जिम क्लब पनि धाउनु पर्दैन। न त ट्रेडमिलको पछाडि नै दौडिनुपर्छ। -एजेन्‍सीको सहयोगमा




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template