महेश बस्नेतले भने-हप्ता असुल्ने प्रहरीले ‘चरी’को हत्या गरे शिक्षण अस्पताल अगाडी एक घण्टा धर्ना - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » महेश बस्नेतले भने-हप्ता असुल्ने प्रहरीले ‘चरी’को हत्या गरे शिक्षण अस्पताल अगाडी एक घण्टा धर्ना

महेश बस्नेतले भने-हप्ता असुल्ने प्रहरीले ‘चरी’को हत्या गरे शिक्षण अस्पताल अगाडी एक घण्टा धर्ना

२४ साउन, काठमाडौं । डन दिनेश अधिकारी ‘चरी’ को गैह्रन्यायिक हत्या भएको भन्दै एमाले कार्यकर्ताले शुक्रबार शिक्षण अस्पताल महारागजञ्ज अगाडी एक घण्टा धर्ना दिएका छन् । प्रहरी मुठभेडमा मारिएका चरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । तर, परिवारले शव बुझ्न अस्वीकार गरेका छन् । एमाले धादिङ क्षेत्र नम्बरका १ का पूर्वउपाध्यक्ष समेत रहेका चरी मुठभेडमा मारिएको नभए प्रहरीले पक्राउ गरी हत्या गरेको भन्दै एमाले धादिङका नेता, युवा संघका नेता तथा कार्यकर्ता र अनेरास्ववियुका कार्यकर्ता एक घन्टा धर्नामा बसेका हुन् । धर्नामा एमाले केन्द्रीय सदस्य खेम लोहनी, युवा संघका अध्यक्ष महेश बस्ने र अनेरास्ववियुका उपाध्यक्ष ऐन महरको समेत सहभागिता थियो । महेश बस्नेतले भने-हप्ता असुल्ने प्रहरीले दिनेशको हत्या गरे धर्ना कार्यक्रमको नेतृत्व गरेका युवा संघका अध्यक्ष महेश बस्नेतले प्रहरीलाई गुण्डा भन्दै उनीहरुले चरीलाई नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरे । चरीलाई कलंकीबाट पक्राउ गरी गाडीभित्र हालेर गोली हानेको र भीमढुङ्गामा लागेर शव सार्वजनिक गरिएको उनले बताए । ‘अदालतमा हाजिर हुन तयार भएको व्यक्तिलाई पक्राउ गरेर गरिएको गैह्रन्यायिक हत्या गरिएको हो, गुण्डासँग पैसा लिएर प्रहरीले चरीको हत्या गरेका हुन्’, उनले भने । करोडौं घुस दिएर काठमाडौं आएका हप्ता असुल्ने केही प्रहरीले चरीको हत्या गरेका उनको दाबी थियो । बस्नेतले भने-’उनको हत्या गर्न प्रहरीले गुण्डासँग मिलेर ६ महिनाअघिबाट योजना बनाएको पत्ता लगाएका छौं ।’ आफूहरु संयमितरुपमा प्रस्तुत भएको भन्दै बस्नेतले सरकारले आफूहरुको कुरा नजरअन्दाज गरे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘यो हत्याकाण्डको छानविन भएर दोषीलाई काुननी दायरामा ल्याइनुपर्छ’ अध्यक्ष बस्नेतले भने- ‘निष्पक्ष छानविन गरिएन भने हामी एमालेका सबै भातृसंंगठन मिलेर आन्दोलन चर्काउछौं ।’ युवा संघका अध्यक्ष बस्नेतले चरी हत्याकाण्डसँग जोडेर केही मिडिया एमाले अध्यक्ष केपी ओलीविरुद्ध नियोजितरुपमा लागेको आरोप लगाए । उनले भने-’मिडियाले समाचार लेख्ने हो, राजनीति गर्ने होइन । एमालेभित्र राजनीति गर्न खोज्ने मिडियालाई सच्चिन खबरदारी गर्छौं ।’ धर्ना कार्यक्रममा एमाले केन्द्रीय सदस्य खेम लोहनी, अनेरास्ववियुका उपाध्यक्ष ऐन महर र दिनेशका दाजु धु्रब अधिकारीले पनि बोलेका थिए ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template