गोरखा, श्रावण ३० । गोरखाको फिनाम गाविस वडा नम्बर ६ को पञ्थेश्वरामा पहिरोले स्थानीय पञ्थेश्वरी प्राथमिक विद्यालयको एउटा कोठा पुरिंदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनैजना अभिभावक रहेका छन् ।
मृत्यु हुनेहरुमा गोरखाकै हिरामाया बयलकोटी र किरण सिर्मलको सनाखत भएको छ भने अर्का एकजनाको सनाखत हुन बाँकी छ । घटनामा ८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा पनि सबै अभिभावक नै रहेको बताइएको छ ।
विद्यालयमा कोरियनहरुको कार्यक्रम सञ्चालन भइरहेको बेला एक्कासी पहिरो खस्दा विद्यालयमा रहेका ४० जना मध्ये तीनजनाको पुरिएर मृत्यु भएको हो ।
अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको छ । गम्भीर घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घटनास्थल सदरमुकामसंगै जोडिएको हुनाले छिटो उद्दार सम्भव भएको प्रहरीले जनाएको छ
गोरखामा विद्यालयको कोठा पुरिंदा ३ जनाको मृत्यु, ८ गम्भीर घाइते (अपडेट)

Labels:
समाचार

0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!