जतिबेला समय आयो, मिरोस्लाभ क्लोज तयार थिए । उनले आफ्नो दाँया खुट्टा अघि बढाए र साधारण गोलसँगै आफ्नो विश्वकपको इतिहासमा लेखाए । उनको गोल सानदार थिएन तर, विशिष्ट थियो । ब्राजिल-विश्वकपमा आइतबार विहान भएको घानाविरुद्धको खेलमा जर्मनी २-१ ले पछि परेको अवस्थामा भेट्रान स्ट्राइकर क्लबले ७१ औं मिनेटमा बराबरी गोल गरे र आफ्नै शैलीमा एक्रोव्याटिक गरेर खुसी मनाए । २००२ मा विश्वकपमा गोल गरेपछि उनले यही शैलीमा खुसी मनाएका थिए । यो गोलसँगै ३६ वर्षका क्लोजले विश्वकपमा ब्राजिलका रोनाल्डोले गरेको सर्वाधिक १५ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । क्लोजले मैदान प्रवेश गरेको तीन मिनेट पनि वित्न नपाउँदै गोल गरेका थिए । उनले ६९ औं मिनेटमा मारियो गोजेटको स्थानमा मैदान प्रवेश गरेका थिए । चौथो विश्वकप खेलिरहेका क्लोजसामू विश्वकप फुटबलको सर्वाधिक गोलकर्ता बन्ने मौका समेत छ । जर्मनीले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ भने नकआउट चरण खेल्ने प्रवल सम्भावना छ । भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोज जर्मनीका सर्वाधिक गोलकर्ता समेत हुन् । उनले १३३ खेलमा ७० गोल गरेका छन् । यो गर्ड मुलरको भन्दा ५ गोल बढी हो । क्लोजले २००२ को विश्वकप छनोटमा अल्वानियाविरुद्ध डेब्यू गरेका थिए । डेब्यू खेलमा गोल गरेका उनले २००२ को विश्वकपमा २००२ को विश्वकपमा जर्मनीका लागि पाँच गोल गरेका थिए । क्लोज चार वटा विश्वकपमा गोल गर्ने पेले र यूवे सिलरपछिका पहिलो खेलाडी समेत बनेका छन् ।
क्लोजले गरे विश्वकपमा १५ औं गोल

Labels:
खेलकुद

0 comments:
आफ्नो प्रतिक्रिया लेख्नुहोस !!
अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!