२० वर्षदेखि खोरमा - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » २० वर्षदेखि खोरमा

२० वर्षदेखि खोरमा

पोखरा, श्रावण २३ - एक युवतीलाई २० वर्षसम्म कालकोठरीमा थुनेको सुन्दा आङ सिरिङ हुन्छ तर भोग्नेका लागि सामान्य। बाहिर निकाल्यो कि जथाभावी हिँडिरहने र जहाँतहीँ दिसापिसाव गर्ने भएपछि सधैंको पीर। भरतपोखरी ५ बरपौवाकी पार्वती नेपालीको अवस्था हो यो। उनी सामान्य हिँडडुल गर्ने बेलादेखि अहिलेसम्म थुनिएरै रहन बाध्य छिन्। उनको उमेर २२ वर्ष पुग्यो। उनी २० वर्षयता थुनिएर दिन बिताउँदै आएकी छन्। बोल्न र आफैं खान सक्दिनन्। गोठ अगाडि एउटा काठको खोर छ। दिनभर त्यसैमा राखिन्छ। बेलुकी कोठीमा लगेर पटुकीले बाँधेर सुताइन्छ। अभिभावकले पटकपटक औषधोपचारमा लगे तर रोग पत्ता नलागेको भन्दै थुनेर राखेपछि उनी यस्तो नारकीय जीवन बिताउन बाध्य भएकी हुन्। परिवारमा २ छोरा र ५ छोरीमध्ये उनी जेठी हुन्। 'उपचारका लागि ठूलो रकम सकियो तर निको भएन,' बाबु पूर्णबहादुरले भने, 'बाहिर छोड्दा रेखदेख गर्ने कोही हुँदैन। बाँचुन्जेल पाल्नै पर्‍यो। थुनेर राख्नुको विकल्प छैन।' उनका अनुसार पार्वतीले दिसापिसाब स्याहार्न र आफंै खान सक्दिनन्। एक जना धरालो खट्नुपर्छ। सुरुदेखि नै हिँडडुल र बोल्न नसक्ने भएपछि अभिभावकले उनलाई विभिन्न अस्पताल पुर्‍याएका थिए। तर रोगै पत्ता नलागेको पूर्णबहादुरले बताए। उनलाई बाहिर छाडिदिए देखेको जति सबै चीज फालिदिने र एकोहोरो हिँडिरहने गर्छिन्। 'गएपछि फर्केर आउँदिनन्,' दाजु ठानबहादुरले भने, 'खोजेर ल्याउनुपर्छ।'




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template