अस्पतालको शौचालयमा बच्चा जन्माएर महिला फरार (भिडियोसहित) - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » अस्पतालको शौचालयमा बच्चा जन्माएर महिला फरार (भिडियोसहित)

अस्पतालको शौचालयमा बच्चा जन्माएर महिला फरार (भिडियोसहित)

कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पतालमा हिजो दिउँसो बच्चा जन्माएर भागेकी एक महिलाको अझै फेला पत्तो लाग्न सकेको छैन । अस्पतालको आकस्मिक उपचार कक्षको शौचालयमा बच्चा जन्माई शिशुलाई त्यही छाडेर महिला फरार भएकी थिइन् । दिउँसो अचानक आकस्मिक कक्षमा आएकी ती महिलाको नाम पनि खुलेको छैन । उनीसँगै आएका एक पुरुष पनि भागेका छन् । हिजैदेखि महिलाको खोजी भएपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ । चार दिनदेखि दिशा नभएको भन्दै अस्पालत पुगेकी ती महिलाको अस्पतालले इन्ट्री समेत गरेको छैन । भुँईमा फालिएको शिशुलाई तत्काल नर्सहरुले फेला पारी स्याहारसुसार गरी प्रसुती वार्डमा भर्ना गरेका छन् । बच्चाको अवस्था भने सामान्य रहेको छ ।




Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template