व्यापारीले लगाइदिए आरुलाई पेन्टी, एउटाको मूल्य एक हजार - अनलाईन नेपाली खबर संसार
Headlines News :
Home » » व्यापारीले लगाइदिए आरुलाई पेन्टी, एउटाको मूल्य एक हजार

व्यापारीले लगाइदिए आरुलाई पेन्टी, एउटाको मूल्य एक हजार

आरुका गेडाको आकार महिलाको नितम्ब जस्तै हुने कुराको भेउ पाएपछि एकजना व्यापारीले आफ्नो व्यापार चम्काउन अनौठो जुक्ति अपनाएका छन् । उनले आरुका गेडालाई महिलाले लगाउने पेन्टी आकारका रंगीचंगी कपडा लगाइदिएका छन् ।
चिनिया प्रणय दिवस नजिकिएसँगै चीनको नान्जिङका याओ युआनले यस्तो जुक्ति अपनाएका हुन् । उनले पाकेका तथा पाक्न थालेका आरुका गेडालाई सानो आकारका पेन्टी लगाइदिएर सिँगारेका छन् । पेन्टी लगाएका आरुका ९ वटा गेडालाई आकर्षक बाकसमा राखेका छन् । अनि एक बक्स पेन्टीधारी आरुलाई झण्डै ८ हजार २ सय रुपैयाँमा बेच्ने गरेका छन् ।
९ वटा आरुको मूल्य ८ हजार रुपैयाँ भन्दा बढि अर्थात् एउटा गेडा आरुको मूल्य झण्डै १ हजार रुपैयाँ । यति महंगोमा जाबो अरु कसले किन्ला र ? तर, याओको यो आइडियाले खुबै काम गरेको छ । मानिसले यस्ता पेन्टी लगाएको आरु किन्न खुबै रुची देखाएका छन् र अनलाइन मार्फत आरुको अर्डर गरिरहेका छन् ।
‘आरु र महिनाको नितम्ब स्थलको आकार एउटै हुन्छ । त्यहीँ भएर यस्तो काम किन नगर्ने ? भनेर सोचेँ । यस्तो काम अहिलेसम्म कसैले पनि गरेको थिएन । मलाई अहिले त आरु किन्न चाहने मानिसहरुलाई आरु पूराउनै हम्मे हम्मे परेको छ’ याओ भन्छन् ।
उनका आरुका लागि पेन्टी बनाइदिने कम्पनीहरु निकै नामी कम्पनीहरु भएको दाबी उनको छ । त्यस्ता कम्पनीबाट पेन्टी खरीद गरेपछि उनी आफैले ती पेन्टी आरुलाई पहिराइदिन्छन् । यो हप्ता चीनमा क्विजी पर्व छ, जसलाई चीनमा प्रणय दिवको रुपमा मनाइन्छ । ‘यी आरु टेस्टी, सेक्सी तथा फन्नी छन्’, याओले भनेका छन् ।





Share this article :

0 comments:

आफ्नो प्रतिक्रिया लेख्नुहोस !!

अरुको इज्जत र मानमा आँच आउने खालको शब्दहरु प्रयोग नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ!

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. अनलाईन नेपाली खबर संसार - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template